आइतबार, २३ बैशाख २०८१

विकासले गति लिँदा बारावासी खुशी

१० जेष्ठ २०७५, बिहीबार १५:२७ मा प्रकाशित

वीरगञ्ज, १० जेठ (रासस)  स्थानीय निकायको निर्वाचनपश्चात् स्थिर सरकार आउँदा विकास निर्माणले गति लिन थालेपछि बारावासी खुशी भएका छन् ।

दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनले स्थिर तथा ठोस सरकार दिँदा कहीँ नाला निर्माण हँुदैछ भने कहीँ सडक ढलानले तीव्रता पाउँदैछन् । विकास निर्माण द्रुत गतिमा हुन थालेपछि बाराको परवानीपुर गाउँपालिका रामपुर टोकनीका बिन्दु साहले खुशी व्यक्त गर्नुभयो ।

दुई दशकसम्म विकास कार्य ठप्प भएको तर स्थानीय निकायको निर्वाचनपश्चात् गाउँगाउँमा विकास निर्माणको काम हुन थालेपछि उहाँ मात्र होइन जिल्लावासी खुशी व्यक्त गर्दै अब गाउँ शहरको मुहार फेरिने ढुक्क देखिन्छन् ।

अघिल्लो वर्षको मुसलेधारे वर्षाका कारण हिलोमा हिँड्न बाध्य भएकी बारा बुनियादकी उषा देवी गाउँमा सडक ढलान भइरहेकामा खुशी व्यक्त गर्दै अब हाम्रो गाउँको पनि मुहार फेरिने भएको छ,” भन्नुहुन्छ ।

परवानीपुर गाउँपालिका– १ मा रु २२ लाखको लागतमा १४५ मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष मिश्री महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लागि यो एउटा सुनौलो अवसर हो, विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छौँ ।” उहाँले पूर्वाधारको अन्य विकाससँगै गाउँमा सडक र नाला निर्माणलाई प्राथमिकतामा राखेर विकास कार्यमा जुटेको उहाँले बताउनुभयो ।

सो गाउँपालिका– २ मा रु १५ लाख लागतमा नाला निर्माण, वडा नं ३ को परवानीपुर बजारक्षेत्रदेखि सातोमाई मन्दिरसम्म रु ६० लाखको लागतमा नाला निर्माण तथा वडा नं ४ मा रु ४० लाखको लागतमा सडक ढलान र नाला निर्माण भइरहेको गाउँपालिका अध्यक्ष हरिनारायण साहले बताउनुभयो । योजना छनोटको समयमा गाउँवासीले दिएको सल्लाह सुझावअनुसार विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उहाँको भनाइ छ ।

परवानीपुर गाउँपालिकामा रु २२ लाख ५० हजारको लागतमा नाला निर्माणको काम भइरहेको छ । गाउँपालिकामा नाला, सडक, विद्यालय भवन, धर्मशाला, मसानघाटलगायतको काम तीव्र रुपमा भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter