२३ मंसिर २०८२

प्रदेश

हत्या आरोपमा हतियारसहित दुईजना पक्रा

लहान, १३ जेठ (रासस) ः तीनहप्ता अगाडि सिरहाको कर्जन्हा नगरपालिका–७, मरेवा निवासी मुसहरु भन्ने सुपेन्द्र यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाको टोलीले ४५ वर्षीय सुपेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवा निवासी ५५ वर्षीय बन्ठा...बाँकी अंश →


सरकारका सय दिन ः कानून निर्माण लगायतमा उपलब्धि

पोखरा, १३ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार स्थापनाको एक सय दिनमा कानून निर्माण लगायतका विषयमा उपलब्धि हासिल भएको बताउनुभएको छ । सरकारका एक सय दिनका उपलब्धि सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सय दिनको ४१ बुँदे कार्य प्रगति प्रस्तुत गर्दै...बाँकी अंश →


प्रदेशसभामा व्यवसायीको बैंक खाता फुकुवाको मा

हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा सांसदहरुले यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाता फुकुवाको माग गरेका छन् । बैठकको विशेष समयमा बोल्ने १३ सांसदमध्ये अधिकांशले यस्तो माग गरेका हुन् । प्रदेशसभा सदस्य केशवराज पाण्डेले भूकम्पपीडितले छिटो घर निर्माण गर्न र आवास निर्माणका लागि सरकारले तोकेको...बाँकी अंश →


आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत

हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले प्रदेश आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयकको अवधारणापत्र मस्यौदासमेत स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिनुभयो...बाँकी अंश →


खैरो हिरोइनसहित तीन पक्राउ

काठमाडौँ, १३ जेठ (रासस) ः महानगरीय प्रहरी परिसरले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त स्वयम्भूले चौमती पुल नजिक लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा बाँकेका १९ वर्षीय दिलीप गिरी, बाँकेकै २३ वर्षीय विकास केसी र काठमाडौँका २० वर्षीय रिवाज लामालाई पक्राउ गरेको हो ।...बाँकी अंश →


आन्तरिक कलह पार्टी भित्रै समाधान गछौँ ः सहमहामन्त्री महत

रसुवा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकासशरण महतले पार्टी भित्रको आन्तरिक कलह र मनकुटाव आन्तरिक रुपमै समाधान गर्ने बताउनुभएको छ । नेपाल तरुण दल रसुवाले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सहमति, सहकार्य र एकताबाट अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।...बाँकी अंश →


मुख्यमन्त्री पौडेल दलको नेतामा निर्वाचित

हेटौँडा, १३ जेठ ९रासस०ः नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ३ संसदीय दलको आज हेटौँडामा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त दलको नेतामा सर्वसम्मत निर्वाचित गरेको छ । आज यहाँ बसेको उक्त दलको बैठकमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकृत भएकामा हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ...बाँकी अंश →


सर्वसाधारण जनता माथी प्रहरी चाैकी भुटाहाका निरिक्षक देवकुमार यादवको दादागिरी

कयर कबर १३  जेठ : सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. १ भुटाहामा रहेको प्रहरी चाैकीका निरिक्षक देवकुमार यादवले सर्वसाधारण जनताहरुलाई दैनिक दादागिरी देखाउदै अाईरहेकाे भुटाहाका जनताहरुले गुनासो गरेको हाे । यादवले भुटाहा हुदै घुस्की बजारमा अापनाे पसलकाे लागि स्याउ लादै गरेको अवस्थामा हरिनगर गाउँपालिका वडा नं. ४ घुस्की जाने बाटो...बाँकी अंश →


उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

ललितपुर, १३ जेठ (रासस) ः काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ । वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो । हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण...बाँकी अंश →


सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

काठमाडौँ, १३ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →


उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण

काठमाडौँ, १३ जेठ ९रासस० ः द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ । विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका लागि कर्पोरेशनले काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त काठ वितरण गरेकामा काठमाडौँमा १४ हजार ७७०, भक्तपुरमा २६ हजार १५० र...बाँकी अंश →


बजेट मङ्गलबार ल्याइने

काठमाडौँ, १३ जेठ (रासस) ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः००...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter