काठमाडाँै, १४ जेठ (रासस) ः त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध युनिभर्सल इन्स्टिच्युट...बाँकी अंश →
चितवन, १४ जेठ (रासस) ः कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना...बाँकी अंश →
रामपुर, पाल्पा, १४ जेठ (रासस) ः बगनासकाली गाउँपालिका– ८ बराङ्दी घिउसीबासमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको रु १५ लाख र स्थानीय जनसहभागिताको रु तीन लाख ६० हजार गरी जम्मा रु १८ लाख ६० हजारको लगानीमा तीन वर्षको समय अवधिमा निर्माण कार्य सकिएको घिउसीबास लिफ्टिङ...बाँकी अंश →
सुरुङ्गा, झापा, १४ जेठ (रासस) ः सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ...बाँकी अंश →
पथरी, मोरङ, १४ जेठ (रासस) ः साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक...बाँकी अंश →
मलेखु, धादिङ, १४ जेठ (रासस) ः एक गैरसरकारी संस्थाले निर्माण गरेको दुई सामुदायिक विद्यालयका दुई वटा भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ को भूकम्पपछि ध्वस्त भएको गजुरी गाउँपालिका–६ मा रहेको जनचेतना आधारभूत विद्यालय र पुकुन आधारभूत विद्यालय आइतबार आयोजित एक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको हो...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, १४ जेठ (रासस) ः म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा रु ६४ लाखको अक्षयकोष स्थापना भएको छ । पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा रु ६४ लाख ११ हजार २९८ को अक्षयकोष स्थापना भएको हो । अक्षयकोषको ब्याज निजी...बाँकी अंश →
तेह्रथुम, १४ जेठ (रासस) ः १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र...बाँकी अंश →
इटहरी, १४ जेठ (रासस) ः सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । त्यसैगरी ती क्षेत्रमा रहेका विभिन्न विद्यालय र...बाँकी अंश →
कञ्चनपुर, १४ जेठ (रासस) ः भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ । महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको...बाँकी अंश →
नुवाकोट, १४ जेठ (रासस) ः प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...बाँकी अंश →
वीरगञ्ज, १४ जेठ (रासस) ः न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि पश्चिमी पर्साको भिस्वामा सामुदायिक अदालत कार्यक्रमअन्तर्गत न्यायिक सेवा प्रवाहमा न्यायपालिका हाम्रो बुझाइ र अपेक्षासम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । गाउँगाउँ र जनस्तरसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत पर्साको सहकार्यमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज तथा सरकारी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: