०६ असार २०८३

प्रदेश

एशियाली खेलकूद प्रतियोगिताः अनुभवले आउन सक्छ उपाधि

भीमदत्तनगर, १३ जेठ (रासस)ः तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारीमा कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा हुनुहुन्छ । प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दसहितको प्रशिक्षकको टोली कुस्तीका तीन खेलाडीको प्रशिक्षणमा विस्फोटक रुपमा खटिएको छ । आगामी भदौ...बाँकी अंश →


चेपाङ बस्तीमा अनिकाल

चितवन, १३ जेठ (रासस) ः जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो ।...बाँकी अंश →


खानेपानीको हाहाकार

डडेल्धुरा, १३ जेठ (रासस) ः लामो समयदेखि वर्षा नहँुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौंंँ पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका...बाँकी अंश →


केन्पो खुकुरी मार्सल आर्टस्को समिति गठन

बनेपा, १३ जेठ (रासस) ः नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दीप...बाँकी अंश →


एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा

मलेखु, धादिङ, १३ जेठ (रासस) ः विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लानुभयो । दाउरा विद्यालयमा लगेपछि उहाँ खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उहाँका छोरा कक्षा...बाँकी अंश →


प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु

काठमाडौँ, १३ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको...बाँकी अंश →


उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

नुवाकोट, १३ जेठ (रासस) ः प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । क्यान्सर रोगका कारण ज्यान गुमाउनुभएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठानमार्फत शिवपुरी...बाँकी अंश →


गोली चलाई रकम लुटपाट

धनगढी, १३ जेठ (रासस) ः धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ । एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको...बाँकी अंश →


विकटको सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

लेवास, पर्वत, १३ जेठ (रासस) ः यहाँको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ । फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्ष सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको...बाँकी अंश →


तिलिचो तालमा प्रदूषण बढदै

मनाङ, १३ जेठ (रासस) ः विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको...बाँकी अंश →


बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ, १३ जेठ (रासस) ः बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार...बाँकी अंश →


छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

मंगलबारे, इलाम, १३ जेठ (रासस) ः इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter