सोमबार, २४ बैशाख २०८१

मीरा राईको सम्मानार्थ मुन्दुम अल्ट्रा ट्रेल रेस

२४ जेष्ठ २०७५, बिहीबार १०:५० मा प्रकाशित

भोजपुर, २४ जेठ (रासस) ः विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा भोलि खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ ।

राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टँुडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो । प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४ पुरुष गरी ८१ जनाको सहभागिता रहने आयोजकले जनाएका छन् ।

रेसमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमश रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

त्यस्तै, सामूहिकरुपमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु १० हजार, रु आठ हजार, रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन भने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी, तिम्मा सरोकार मञ्च काठमाडौँ र दाँवाली मिलन क्लबले गरेको छ ।

त्यस्तै, प्राविधिक सहयोग नेपाल माउण्टेन स्काइ रनिङ एशोसिएशनले गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter