शनिबार, ०५ जेठ २०८१

प्रदेश १

काँग्रेसलाई सुध्रिने सुनौलो मौका ः प्रवक्ता शर्मा

सल्यान, १९ जेठ (रासस) ः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई आज यहाँ सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताउनुभयो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसात गरेको...बाँकी अंश →


क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा

विराटनगर, १९ जेठ (रासस) ः सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मतकार्य गरिएको हो । गत साउन २७ र २८ गते आएको बाढीले मोरङको नेता चौकदेखि बाहुनी हँुदै केरौनको...बाँकी अंश →


संघीय सांसदको कार्य कानून निर्माण गर्ने हो ः मन्त्री पण्डित

विराटनगर, १९ जेठ (रासस)ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा संघीय सांसदहरुले सहयोगी भूमिका मात्र निभाउनु पर्ने प्रष्ट पार्नुभयो ।...बाँकी अंश →


चार स्वास्थ्यचौकी पुरस्कृत

इलाम, १९ जेठ (रासस) ः सन्् २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् । तिनलाई रु २० हजारका दरले...बाँकी अंश →


प्रधानमंत्रीलाई ज्ञापनपत्र ईदलाई पुनः राष्ट्रीय बिदामा राख्न मांग

केयरखबर ,बिराटनगर ‛मौलिक अधिकार खोज्दै’ नामक अभियान  चलाई रहेको मोरंग मुस्लिम समाजले ईद पर्व लाई पुनः राष्ट्रिय बिदा दिनु पर्ने मांग गरेको छ ।कब्रस्तानलाई कब्रस्तानको नाममा दर्ता, मदरसा शिक्षालाई मूलधारमा ल्याउने , समावेशी समानुपातिक शैक्षिक प्रणाली लाई ब्यवहारिक गर्ने अनुरोध गर्दै प्रधानमंत्री ओली लाई एक नम्बर प्रदेशका मुख्यमंत्री शेरधन राई...बाँकी अंश →


गुरुकुलमा सबैले पढ्न पाउने

सुरुङ्गा, झापा, १८ जेठ (रासस) ः जातीय विभेदका कारण दलित विद्यार्थीलाई गुरुकुलमा भर्ना नलिएको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका दलित समुदायले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजन र मानवाधिकारवादीको सहजीकरणमा हिजो बिर्तामोडमा भएको छलफलमा पाँचबुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो ।...बाँकी अंश →


वार्षिकोत्सवमा अनाथालयलाई कम्प्यूटर

मंगलबारे, इलाम, १८ जेठ (रासस) ः गुराँस लाइफ इन्स्युरेन्स, शाखा कार्यालय, इलामले बिहीबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिकोत्सवको अवसरमा कम्प्यूटर हस्तान्तरण गरेको हो । अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग...बाँकी अंश →


शान्तिधाम निर्माण अन्तिम चरणमा

गाईघाट, उदयपुर, १८ जेठ (रासस) ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित त्रियुगा नदी किनारमा दुई वर्षदेखि निरन्तररुपमा निर्माण कार्य हुँदै आएको बृहत् त्रियुगा शान्तिधाम निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । पुरातात्विक विभागको करीब रु एक करोड ५० लाख र त्रियुगा नगपालिकाको रु २० लाखको आर्थिक लगानीमा निर्माण...बाँकी अंश →


धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी

ताप्लेजुङ, १८ जेठ (रासस) ः विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् । फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपानविरुद्ध तयार पारिएका चित्र प्रदर्शनी गरेका हुन् । उक्त विद्यालयमा गठित बाल क्लब र जुनियर रेडक्रस सर्कलले...बाँकी अंश →


आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा

विराटनगर, १७ जेठ (रासस) ः मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि...बाँकी अंश →


सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

मंगलबारे, इलाम, १६ जेठ (रासस) ः सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिनुभयो...बाँकी अंश →


पन्ध्र लाखमा पुस्तकालय निर्माण

इलाम, १६ जेठ (रासस) ः नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । रु १५ लाखको लागतमा इलाम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter