शनिबार, २२ बैशाख २०८१

व्यापारीको समस्या समाधान गर्न अग्रसर ः प्रधानमन्त्री ओली

२७ जेष्ठ २०७५, आईतवार ००:०८ मा प्रकाशित

विराटनगर, २६ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा, ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न नीतिगत र प्रशासनिक अप्ठ्यारा हटाउन सरकार अग्रसर रहने बताउनुभएको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज संयुक्तरुपमा विराटनगरमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “व्यापारीहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रशासनिक झन्झट, नीतिगत सुधार, बैंक ब्याज, विद्युतीय समस्या समाधान गर्न सरकार क्रियाशील रहनेछ ।”

भारतसँग व्यापार घाटा कम गर्नका लागि निर्यातजन्य वस्तुको उत्पादन र प्रवद्र्धन गर्न सरकार व्यवसायीहरुको साथ रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ‘एन्टी डम्पिङ कर’को विषयमा भारत भ्रमणका क्रममा भारतीय पक्षसमक्ष कुरा राखेको जानकारी गराउनुभयो ।

उहाँले मुलुक आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अगाडि बढेको प्रसङ्ग उल्लेख गर्दै देशमा विकासका लागि औद्योगिकीकरण र आधुनिकीकरणका लागि अनुकूल समय रहेको स्पष्ट पार्नुभयो ।

यस अनुकूल समयलाई सदुपयोग गर्नुपर्ने विषयमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रमुख तीन विषयमा उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सबैको सहयोग आवश्यक छ ।”

उहाँले भन्नुभयो, “अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिँड्नु नपर्ने, जायज कामका लागि कमिसन दिनुपर्दैन र नाजायज कामका लागि कमिसनको माध्यमले हुँदैन ।”

सो अवसरमा प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईको पनि उपस्थिति थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter