शनिबार, ०५ जेठ २०८१

प्रदेश १

विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

विराटनगर, ३ साउन (रासस) ः विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा...बाँकी अंश →


डाक्टर के सी को समर्थनमा उत्र्यो मोरङ्ग मुस्लिम समाज

शमशाद आदिल, केयरखबर आज असाढ़ एक गते मोरङ्ग मुस्लिम समाजले बिराटनगरमा डाक्टर के सी को अनशनको समर्थन गर्दै सरकारको लापरवाहीको बिरोध गरेको छ । माथेमा प्रतिवेदन लागू गर , डाक्टर के सी को जीवन रक्षा सुनिश्चित गर , दिल्ली र बेईजिंग पुग्न सक्ने सरकार सँग जुम्ला पुग्न किन असमर्थ ???,...बाँकी अंश →


पर्यटकीयस्थल महुरेगढीमा आँखा आकारको पोखरी

खोटाङ, १ साउन (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ । हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयको रु आठ लाख बराबरको जनश्रमदान गरी रु ५१ लाखको लागतमा पोखरी निर्माण गरिएको हो । मध्यपहाडी लोकमार्ग...बाँकी अंश →


सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

इनरुवा, ३१ असार (रासस) ः पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड...बाँकी अंश →


दश लाख रुपैयाँको आँप बिक्री

गाईघाट, उदयपुर, ३० असार (रासस) ः उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री...बाँकी अंश →


रासस समाचार प्रभाव ः अनिललाई सहयोग जुट्न थाल्यो

खोटाङ, २७ असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ब्लड क्यान्सर पीडित अनिल राईको उपचारमा समस्या भएको समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत प्रकाशन भएपछि आर्थिक सहयोग जुट्न थालेको छ । आर्थिक अवस्था कमजोर भएका १९ वर्षीय अनिलको उपचारमा आर्थिक अभाव भएको समाचार गत जेठ १२ गते राससमार्फत विभिन्न...बाँकी अंश →


सर्पदंशबाट एकको मृत्यु

लहान, २७ असार (रासस) ः विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश...बाँकी अंश →


साइबर अपराध समस्याका रुपमा

विराटनगर, २६ असार (रासस) ः सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष्ट...बाँकी अंश →


सहकारीको बेथिति सुधारमा जोड

इटहरी, २५ असार (रासस) । प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले अबको संघर्ष भनेको सामाजिक न्याय र आर्थिक क्रान्तितिर अघि बढ्नु रहेको बताउनुभएको छ । सानीमा सहकारी बचत तथा ऋण सहकारी संस्थाको साताँै वार्षिकोत्सव तथा ज्येष्ठ नागरिक सम्मान र रक्तदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सहकारीभित्र मौलाएको बेथितिलाई...बाँकी अंश →


अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

पथरी, मोरङ, २५ असार (रासस) ः हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो । सम्मेलन...बाँकी अंश →


इटहरीको बजेट रु एक अर्ब ५० करोड

इटहरी, २२ असार (रासस) ः इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी...बाँकी अंश →


अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान, १८ असार (रासस) ः लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter