शनिबार, ०५ जेठ २०८१

आगलागीबाट पाँच लाख बराबरको क्षति

१७ असार २०७५, आईतवार ०९:०३ मा प्रकाशित

गौशाला, १७ असार (रासस) ः महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो ।

सो आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भाँडाकुडा, फर्निचर र मिठाई पसलसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडित मिठाई पसले साहले बताउनुभयो ।

मिठाई पसलमा काम गरिरहेको र ग्राहकसमेत खचाखच भरिएको बेला पसलमा अचानक आगलागी भएकाले हेर्दाहेर्दै सबैथोक जलेर नष्ट भएको पीडित मिठाई पसलेले साहको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter