शनिबार, ०५ जेठ २०८१

भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध

१० असार २०७५, आईतवार १०:३६ मा प्रकाशित

नसीम अन्सारी भुटाहा :- सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा रहेको मरिया खाेलामा बाढी अाएकाे कारण भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध भएको छ। साे खाेलामा रहेको बान्ध गतवर्ष बाढीले बगाएका थिए। बगाएको बान्ध समयमा फहल नभएको कारण र सडक बिभागले समय काम नगरेको स्थानीय बासिन्दाहरुले अाराेप समेत लगाएको हाे। बाटो अबरुद्ध हुदा अधा दर्जन भन्दा बढी विद्यालयहरु बाढीका कारण प्रभावित भएको बाल कृष्ण मा. वि. का प्र.अ नरेश प्रसाद गुप्ताले बताए। विद्यार्थीहरुले अाफुहरुकाे समस्या कसैले नसुनेकाे गुनासो गरेको हाेे। बाढीकाे कारण बाटो अबरुद्ध हुदाँ अाफुहरुकाे पढाईमा सब भन्दा बढी समस्या भएको हाे। यता सर्वसधारण जनताहरुले अाफुहरुकाे काम काज सुनसरी जिल्लाकाे सदरमुकाम इनरुवा भएकोले बाटो अबरुद्ध हुदा समस्या भएको बताए । साे बाटो हुदै साबिकका अधा दर्जन भन्दा बढी गाविस र हाल दुईवटा गाउँपालिकाका जनताहरु साे सडक भएर इनरुवा सम्म जाने र सबै अावशक काम गर्ने भएकोले याे बाटो तुरुन्त बनाउनु पराे सबै साझा माग रहेको थियोे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter