शनिबार, ०५ जेठ २०८१

नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

१३ असार २०७५, बुधबार १५:०१ मा प्रकाशित

भुटाहा:- सुनसरीको हरिनगर गाउँपालिका वडा नं. २ भुटाहा र वडा नं. ६ घुस्कीमा सञ्चालित नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । नेपाल पिछडावग OBC महासंघ प्रदेश नं. १ कार्यसमिति विराटनगरकाे आयोजना , संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय पिछडिएकाे समुदाय उत्थान विकास समितिकाे सहयोग एवम् हरिनगर गाउँपालिकाकाे कार्यालय हरिनगराकाे समन्वय रहेको थियो । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय पिछडिएकाे समुदाय उत्थान पिछडाबर्ग OBC लक्षित अन्तरगतको सञ्चाल ४ दिने तालिम सम्पन्न भएको हो । हरिनगर गाउँपालिका भित्रका ९० वटा युवायुवतीहरुलाई नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि शिक्षा दिने उद्देश्यले याे क्षेत्रमा लाग्ने उत्प्रेरित गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको र सहभागीहरुलाई नेपाल पिछडावग OBC महासंघकाे निति तथा कार्यक्रमकाे बारेमा जानकारी दिएको आयोजक संस्थाका महासचिव नसीम अन्सारीले बताए । साे कार्यक्रममा सहभागीहरुले राम्रो सँग बुझेको प्रक्रिया दिएको बताए। भोलीका दिनमा नेपाल पिछडावग OBC महासंघले अझै राेजगार मुलुक कार्यक्रम गर्ने जानकारी दिएको हाे। नेपाल पिछडावग OBC महासंघले राेजगार र विकासकाे क्षेत्रमा काम गरेको अहिले अाएर समाज र देशको विकास हुने गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । तालिमबाट आफुहरुले धेरै कुरा सिकेको र अब यसलाई व्यवहारमा उतार्ने सहभागी मध्येका एक जुवेर अन्सारीले बताए । पिटम्बर ठाकुर र सुकदेव चाैधरीले तालिम अवधिभरी सहजीकरण गरेका थिए । तालिममा करिब १०० जनाको सहभागीता रहेको थियो । समापन कार्यक्रममा संस्थाका अध्यक्ष नसीम अन्सारीको सभापतित्व, हरिनगर गाउँपालिकाका प्रमुख अथिति गफार अन्सारी, बिशेश अथिति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृषण बाहादुर कार्की, अथितिहरु वडा नम्बरका, ६ अध्यक्ष इसराइल अन्सारी, ७ नम्बर वडा अध्यक्ष नसिर खाँ, कार्यपालिका सदस्य शुसिल ठाकुर , ( OBC) पिछडावर्गका केन्द्रीय सदस्य इलियास हजाम लगायतको उपस्थित रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter