शनिबार, २२ बैशाख २०८१

प्रदेश ७

सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

दार्चुला, १९ जेठ (रासस) ः जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ३२ जना सशस्त्र प्रहरीको टोली आज उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्विकाप्रसाद जोशीले...बाँकी अंश →


एक दशकदेखि नदीको पानी पिउँदै

कञ्चनपुर, १९ जेठ (रासस) ः खानेपानीको विकल्प नहुँदा शुक्लाफाँटा नगरपालिका–९ नौखरीको राना परिवारले बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको पानी पिउनका लागि उपयोग गर्दै आएकाछन् । थोरै पैसाले ह्याण्ड पम्प गाड्न नसकिने भएपछि रानाको परिवारले नदीको पानी प्रयोग गर्दै आएको छ । रानाजस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी...बाँकी अंश →


विपद् जोखिम न्यूनीकरणबारे छलफल

धनगढी, १८ जेठ (रासस)ः देश संघीय संरचनामा गएको अवस्थामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रदेश र स्थानीय तहलाई बढी क्रियाशील बनाउनुपर्नेमा सरोकार भएकाहरुले जोड दिनुभएको छ । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी गोष्ठीमा सहभागीले यस्तो जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहका लागि नीतिगत...बाँकी अंश →


ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

डडेल्धुरा, १८, जेठ (रासस) ः डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् । ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै...बाँकी अंश →


पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, १८ जेठ (रासस) ः गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर...बाँकी अंश →


सशस्त्र प्रहरीद्वारा बाटो निर्माण

दार्चुला, १८ जेठ (रासस) ः सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ । चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ । बारिल गाउँभन्दा ५०० मिटर माथि रहेको...बाँकी अंश →


पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा प्रदेश नं सातकै कम बजेट

बैतडी, १७ जेठ (रासस) ः पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नं ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ । मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ । प्रदेश नं ७...बाँकी अंश →


परम्परागत पहिरन बनाउन सिक्दै राना थारु युवती

कञ्चनपुर, १७ जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र उनीयाँलगायतका पहिरन बनाउने सीप युवती सिक्न थालेका हुन् । परम्परागत पहिरन बनाउँदै आएका ज्येष्ठ महिलाबाट युवती पहिरन बनाउने सीप...बाँकी अंश →


चौलानी नदी किनारमा शव फेला

बैतडी, १५ जेठ (रासस) ः चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गहुँ गोरो वर्ण, पाँच फिट चार इञ्च उचाइ, रातोमा कालो धर्सा भएको सर्ट,...बाँकी अंश →


परीक्षणका लागि पानी धनगढी लगियो

दार्चुला, १५ जेठ (रासस) ः पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छवटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ । जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको...बाँकी अंश →


अमरगढीका २६१ बालबालिका कुपोेषित

डडेल्धुरा, १४ जेठ (रासस) ः डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो । दुई हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा...बाँकी अंश →


घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

डडेल्धुरा, १४ जेठ (रासस) ः डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लाका त्रिशूल सामुदायिक वन, असुर्पा, अजयमेरु, भद्रपुरका सामुदायिक वन र कैलपालमाण्डौँका सामुदायिक वनमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter