शनिबार, ०५ जेठ २०८१

परीक्षणका लागि पानी धनगढी लगियो

१५ जेष्ठ २०७५, मंगलवार १०:४३ मा प्रकाशित

दार्चुला, १५ जेठ (रासस) ः पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छवटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ ।

जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको पानी मुहान, गोकुलेश्वर बजारमा उपभोग भइरहेको पानी र जिल्ला सदरमुकाम खलंगामा उपभोग भइरहेको पानीको नमूना परीक्षणका लागि धनगढी लगेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय दार्चुलाका सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिनुभयो ।

क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट (रसायन शास्त्री) कृष्ण पौडेलले परीक्षणका लागि सोमबार जिल्लाका छवटा पानी मुहानबाट पानीको नमूना लगिएको बताउनुभयो । चमेलियाको पानी कुणी र कुष्काडाका बासिन्दाका लागी लिफ्ट प्रणालीबाट बस्तीमा पु¥याइने हुँदा उक्त पानी परीक्षण गरिन लागेको उहाँले बताउनुभयो ।

पनेबाजमा रहेको पानी फोहर भएका कारण परीक्षणका लागि पानी प्रयोगशालामा लगिएको हो । सो ठाउँमा रहेको पानी मुहानबाट रातो रङको पानी आउने गरेको स्थानीयले बताएका छन् । यस्तै, अन्य ठाउँमा रहेका मुहानको पानीमा जैविक, रासायनिक र भौतिक प्रदूषणको मात्रा कति छ भन्नेबारे परीक्षण गरिने क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट कृष्ण पौडेलले जानकारी दिनुभयो ।

परीक्षणका लागि जिल्लाबाट लगिएका छवटा पानी मुहानको पानीमा प्रदूषणको मात्रा बढी देखिए उक्त ठाउँमा पानी प्रशोधन केन्द्र स्थापना गरी पानीलाई शुद्धीकरण गरिने सव डिभिजन प्रमुख रावलले बताउनुभयो ।

जिल्लाबाट परीक्षणका लागि लगेको पानी ४८ घण्टापछि परीक्षण हुने पानी प्रयोगशाला धनगढीका केमिष्ट पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा अहिले ९२ प्रतिशत धरधुरीले मात्रै धाराको पानी प्रयोग गरिरहेका छन् । जिल्लाका सबै घरधुरीमा शुद्ध पानी पु¥याउने उद्देश्यले यस आवमा विभिन्न ठाउँमा गरी छ करोड ५४ लाख ४९ हजार लागतमा ८७ वटा खानेपानीका योजना निर्माणाधीन अवस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, दार्चुलाका सव डिभिजन प्रमुख रावलले जानकारी दिनुभयो । अहिले जिल्लाका आठ प्रतिशत नागरिक कुवा, खोला तथा तलाउको पानी पिउन बाध्य छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter