शनिबार, ०५ जेठ २०८१

चौलानी नदी किनारमा शव फेला

१५ जेष्ठ २०७५, मंगलवार ११:०७ मा प्रकाशित

बैतडी, १५ जेठ (रासस) ः चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गहुँ गोरो वर्ण, पाँच फिट चार इञ्च उचाइ, रातोमा कालो धर्सा भएको सर्ट, हरियो कट्टु लगाएको, शरीर पातलो, हल्का जुंगा दाह्री पालेको, कालो कपाल, खैरो जुत्ता लगाएको अन्दाजी ४५ वर्षका मानिसको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव दुई÷तीन दिन पहिलेको जस्तो रहेको बताइएको छ । सोमबार साँझ ७ बजेतिर स्थानीय बासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली घटनास्थलतर्फ गएको र घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter