शनिबार, ०५ जेठ २०८१

सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

१९ जेष्ठ २०७५, शनिबार २०:५४ मा प्रकाशित

दार्चुला, १९ जेठ (रासस) ः जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ३२ जना सशस्त्र प्रहरीको टोली आज उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्विकाप्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खलंगाबाट आज बिहान ९ बजे हातहतियार तथा बन्दोबस्तीका सामानसहित सीमा रक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले १० दिनसम्म सीमा क्षेत्रको अवस्थाका बारेमा जानकारी लिने गुल्मपति जोशीले जानकारी दिनुभयो ।

सीमा रक्षाका लागि खटिएको सशस्त्र प्रहरी टोलीले ब्यास गाउँपालिका–१ मा पर्ने लिपुलेकमा रहेको चीन र नेपालको सीमाना छुट्याउने पिलर नम्बर १ को समग्र अवस्थाका बारेमा जानकारी लिने भएको छ ।

सशस्त्र प्रहरीको टोलीले यो समयमा हुने वन्यजन्तुको चोरी शिकारीलाई समेत नियन्त्रण गर्ने जनाइएको छ । दार्चुलाका हिमाली क्षेत्रमा पाइने विभिन्न लोपोन्मुख वन्यजन्तुको चोरी शिकारी कार्यलाई नियन्त्रण गर्न अवैध हातहतियार भएको शंका लागेको घरमा छापा मारेर नियन्त्रणमा लिने गुल्मपति जोशीको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter