शनिबार, १२ साउन २०८१

उपेन्द्र बाहिरिएसँगै प्रदीप यादव स्वाथ्यमन्त्री बन्ने सम्भावना

३१ बैशाख २०८१, सोमबार १५:४२ मा प्रकाशित

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने तयारीमा छ।

राई नेतृत्वको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी भएको स्रोतले देश सञ्चारलाई बतायो।

यद्यपि अशोक राई समूहकी सांसद सुशीला श्रेष्ठले भने यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि मात्रै सरकारमा जाने वा नजाने टुंगो लाग्ने बताइन्।

उनले देश सञ्चारसँग भनिन्, ‘सरकारमा सहभागी हुने नहुने टुंगो लागिसकेको छैन, सरकारमा पठाउन परेको खण्डमा प्रदीपजी नै जानुहुन्छ होला।’ यादव जसपा नफुट्दा संसदीय दलका प्रमुख सचेतक थिए।

यादवसँगै एक जना नेतृलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने सम्भावना भएको पनि जसपा स्रोतले जनाएको छ। यादव र अर्का एक जना स्वास्थ्य राज्यमन्त्रीको शपथ आजै हुने वा भोलि हुने टुंगो लागिसकेको छैन तर प्रधानमन्त्रीले जसपालाई तयारी अवस्थामा रहन भने भनेको बुझिएको छ।

अशोक राई पक्षले बैशाख १३ गते जसपा विभाजन गरेको थियो। प्रतिनिधि सभामा जसपाबाट उपस्थित १२ सांसद मध्ये राईको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद विभाजित भएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter