०३ चैत २०८२

समाचार

संवैधानिक इजलासका दुई न्यायाधीशहरु कार्की र भट्टराई इजलास छाड्ने मनस्थितिमा

काठमाडौँ- संसद विघटनसम्बन्धी मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलासका दुई न्यायाधीशहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेपछि बाँकी रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने छलफल गर्न सर्वोच्च अदालतमा बैठक बस्ने तयारी गरेका छन् निषेधाज्ञाका कारण पेसी तोकिएका न्यायाधीशहरुमात्र अदालतमा आउने दृष्टान्त रहे पनि...बाँकी अंश →


तीन सन्तान जन्माउन छुट दिने चीनकाे घाेषणा

चीनले तीन सन्तान जन्माउन दम्पतीहरुलाई छुट दिने भएको छ। दम्पतीहरुलाई अधिकतम तीन सन्तानसम्म जन्माउन छुट दिने व्यवस्था लागु गर्ने घोषणा सोमबार चीनले गरेको हो। योसँगै चीनमा बढिमा दुई सन्तान मात्रै जन्माउन पाउने नियम अन्त्य हुने भएको छ। यस सम्बन्धी परिवर्तनलाई राष्ट्रपति सी जिनपिङ्गले पोलिटिकल ब्यूरोको बैठक मार्फत प्रमाणिकरण गरेको चिनियाँ...बाँकी अंश →


राष्ट्रियसभाको उप–निर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष)को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्। पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले...बाँकी अंश →


विश्वकप छनोट खेल्न नपाली फुटबल टोली कुवेत प्रस्थान

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको हो । गएराति भएको इराकसँगको...बाँकी अंश →


कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

बुटवल– कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डीसीएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ । आइतबार थपिएको लकडाउन चौथो पटक भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी...बाँकी अंश →


संवैधानिक इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठको पात्रताबारे प्रश्नको छिनोफानो भोलि हुनसक्ने

काठमाडौँ- संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताबारे इजलासमा प्रश्न उठेपछि सबै न्यायाधीशहरु सर्वोच्च अदालतमा छलफलमा बसे पनि यसबारे आइतबार कुनै निर्णय हुन सकेन। संसद् विघटनसम्बन्धी मुद्दाहरुमा बिहीबारदेखि सुरु भएको संवैधानिक इजलासमा तीन दिनसम्म पनि न्यायाधीशद्वय केसी र श्रेष्ठको विवादास्पद उपस्थितिबारे बहसकर्ताहरुले प्रश्न उठाउँदै आइरहेका छन्। यसबारे आइतबारको...बाँकी अंश →


भियतनाममा भेटियो कोरोना भाइरसको अति संक्रामक नयाँ ‘हाइब्रिड’ भेरियन्ट

भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् । भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन्...बाँकी अंश →


पछिल्लो २४ घण्टामा ६९५१ संक्रमित थपिए, ९६ को ज्यान गुम्यो

शुक्रबार एकैदिन देशभर ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ५५ पीसीआर र ९६...बाँकी अंश →


सभामुख सापकोटाको चेतावनीः असाधारण कदम चाल्न सक्छु

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका छन्। संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन्। दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले बिहीबार संविधान र...बाँकी अंश →


अबको तीन दिन भारी वर्षा र बाढी–पहिरोको जोखिम, पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन निर्देशन

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबारदेखि शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी...बाँकी अंश →


चक्रवात यासको प्रभावः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको प्रभावका कारण देशभरको मौसम बदली भइ धेरै स्थानमा पानी परेको छ । यासको नेपालमा आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली...बाँकी अंश →


नेपालमा के हुँदैछ हामी नियालिरहेका छौँः भारत

काठमाडौँ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको भारतले यो विषय नेपालकै आन्तरिक मामिला रहेको उल्लेख गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा घटनाक्रम नियालिरहे पनि नेपालको राजनीतिक विषय आन्तरिक रुपमै समाधान गरिनु पर्ने धारणा भारतको रहेको बताएका हुन्। उनले भनेका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter