शुक्रबार, १४ बैशाख २०८१

संवैधानिक इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठको पात्रताबारे प्रश्नको छिनोफानो भोलि हुनसक्ने

१६ जेष्ठ २०७८, आईतवार २१:०८ मा प्रकाशित

काठमाडौँ- संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताबारे इजलासमा प्रश्न उठेपछि सबै न्यायाधीशहरु सर्वोच्च अदालतमा छलफलमा बसे पनि यसबारे आइतबार कुनै निर्णय हुन सकेन।

संसद् विघटनसम्बन्धी मुद्दाहरुमा बिहीबारदेखि सुरु भएको संवैधानिक इजलासमा तीन दिनसम्म पनि न्यायाधीशद्वय केसी र श्रेष्ठको विवादास्पद उपस्थितिबारे बहसकर्ताहरुले प्रश्न उठाउँदै आइरहेका छन्।

यसबारे आइतबारको इजलास सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा न्यायाधीशद्वय केसी र श्रेष्ठले नै छलफल गरेर यो विषय टुंग्याउने भन्दै उठेका थिए।

यद्यपि इजलासपछि सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासका पाँच न्यायाधीशहरुको बैठकले यसको निर्क्यौल गर्न सकेन।

सोमबार यसबारे छिनोफानो हुने र मंगलबारदेखि संसद विघटनसम्बन्धी रिटहरुमाथि नियमित सुनुवाइ हुने सर्वोच्च स्रोतले जानकारी दिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter