बिहिबार, १३ बैशाख २०८१

पछिल्लो २४ घण्टामा ६९५१ संक्रमित थपिए, ९६ को ज्यान गुम्यो

१४ जेष्ठ २०७८, शुक्रबार १६:१७ मा प्रकाशित

शुक्रबार एकैदिन देशभर ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ५५ पीसीआर र ९६ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।

बिहीबार काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा १ हजार ७ सय ९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्।

गत चौबीस घण्टामा ९ हजार ८ सय ४१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यसअघि बुधबार ७ हजार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।

शुक्रबार १९ हजार ३ सय १३ पीसीआर तथा ७९७ एन्टिजेन परीक्षण भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter