बुधबार, १२ बैशाख २०८१

राष्ट्रियसभाको उप–निर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

१७ जेष्ठ २०७८, सोमबार १७:२९ मा प्रकाशित

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष)को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्।

पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले ३५९४ मतभार प्राप्त गरे। स्थानीय तहमा नेकपा एमालेका खड्काले ९४ र नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले ११८ मत प्राप्त गरेका छन्। यस्तै प्रदेश सभाबाट खड्काले ४० र पाण्डेले ४२ मत प्राप्त गरेका छन्।

पाण्डे यसअघि कपिलवस्तु जिल्ला २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभा सदस्यको निर्वाचन लड्नुअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए। चुनाव लड्न उनी एमालेमा प्रवेश गरे।

केही दिनअघि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेससहितको गठबन्धले उनलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो।

सोमबार भएको निर्वाचनमा २९७ मत खसेको थियो। ३०० मतदाता रहेकोमा प्रदेशसभाको सबै मत ८३ खस्यो। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये पाण्डेले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए।

स्थानीय पालिकाको भने तीन मत खसेन। स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले निर्वाचन बहिष्कार गरेका थिए। रनरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले मतदान नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यी दुवै जना बिरामी भएर उपचारमा रहेकाले मतदानमा सहभागी हुन नसकेको पाइएको छ। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter