शनिबार, ०८ बैशाख २०८१

चक्रवात यासको प्रभावः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

१३ जेष्ठ २०७८, बिहीबार १३:१४ मा प्रकाशित

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको प्रभावका कारण देशभरको मौसम बदली भइ धेरै स्थानमा पानी परेको छ ।

यासको नेपालमा आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली भएको छ । यस्तै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना मौसमविदले बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter