मङ्गलबार, ११ बैशाख २०८१

संवैधानिक इजलासका दुई न्यायाधीशहरु कार्की र भट्टराई इजलास छाड्ने मनस्थितिमा

१७ जेष्ठ २०७८, सोमबार १७:३३ मा प्रकाशित

काठमाडौँ- संसद विघटनसम्बन्धी मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलासका दुई न्यायाधीशहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेपछि बाँकी रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने छलफल गर्न सर्वोच्च अदालतमा बैठक बस्ने तयारी गरेका छन्

निषेधाज्ञाका कारण पेसी तोकिएका न्यायाधीशहरुमात्र अदालतमा आउने दृष्टान्त रहे पनि सोमबार सबै न्यायाधीशहरु आआफ्नो कार्यकक्षमा छन् ‍।

सर्वोच्च स्रोतका अनुसार न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छाड्ने मनस्थिति बनाएको र यसबारे संवैधानिक इजलासको रोस्टरमा रहेका सबै १३ जना नै वरिष्ठतम न्यायाधीशहरुसँग छलफल गर्ने तयारी गरेका छन्।

यसले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणालाई धर्मसंकटमा पारेको छ।

बिहीबारदेखि सुरु भएको संसद विघटनसम्बन्धी मुद्दाको बहस गरिनुपर्ने संवैधानिक इजलास न्यायाधीशद्वय त‍ेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताको प्रश्नमा अल्झिरहेको छ। विगतका विवादास्पद फैसलाका कारण केसी र श्रेष्ठ संवैधानिक इजलासमा बस्नु शोभनीय नहुने जिकिर बहसकर्ताले उठाइरहे पनि उनीहरुले संवैधानिक इजलास छाड्न अस्वीकार गरेका छन्।

आइतबार प्रधानन्यायाधीश राणाले यसको छलफल गर्ने जिम्मा न्यायाधीशद्वय केसी र श्रेष्ठलाई नै दिए पनि उनीहरुले यसबारे कुनै निर्णय गर्न सकेनन्।

सोमबार दिउँसो न्यायाधीशहरु बसेर यसबारे गम्भीर छलफल गर्ने बुझिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter