०३ चैत २०८२

समाचार

‘सरकार बन्न नसकेकाे हैन, राष्ट्रपतिबाट बन्न नदिइएकाे हाे’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरिँदा संविधानको आधारभूत संरचनामाथि नै प्रहार भएको वरिष्ठ अधिवक्ताहरुले बताएका छन्। संसद विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा जारी बुधबारको सुनुवाईको क्रममा संसद विघटन खारेज गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदको तर्फबाट दायर रिटको पक्षमा...बाँकी अंश →


ह्रेन्जेन दोर्जे क्रसर उद्योगको विरुद्धमा करिब १८५ जनाको संघर्ष समिति गठन

काभ्रे । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडां. १ मा सञ्चालित ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा परेको छ भने झ्यु खोलाको सुन्दरता हराएको छ । जेठ २१ गते पाँचखाल बोहरे दोभान, चुखा, ठुलो पर्सेल हुँदै तित्तिरटार सम्म बस चल्ने सडक मार्ग ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारणले अवरुद्ध...बाँकी अंश →


चर्को घाममा श्रमिकलाई काममा लाउने कतारका ५४ कम्पनी कारबाहीमा

दोहा- चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका  ५४ कम्पनी कारबाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ५४  कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो । मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गर्दा ती कम्पनीहरु कारबाहीमा...बाँकी अंश →


भारतकाे एक अस्पतालमा ‘नियत बस’ अक्सिजनको आपूर्ति बन्द गरिँदा २२ जनाको मृत्यु

आगरा- भारत उत्तर प्रदेशको आगरास्थित पारस अस्पतालमा ‘नियत बस’ अक्सिजनको आपूर्ति पाँच मिनेटसम्म बन्द गरिँदा कोरोना भाइरसबाट संक्रमित भइ उपचाररत २२ जनाको ज्यान गएको खबर भारतीय सञ्चारमाध्यममा आएका छन्। उपचाररत संक्रमितहरुलाई अक्सिजन रोक्दा कतिबेर बाँच्न सक्छन् भन्ने हेर्नका लागि आपूर्ति बन्द गरिएको भन्ने अस्पताल सञ्चालकको भिडियो अहिले भाइरल भएको छ।...बाँकी अंश →


मन्त्रीपरिषद् बिस्तारविरुद्धकाे रिट न्यायाधीश खतिवडाकाे इजलासमा

काठमाडौँ – मन्त्रीपरिषद बिस्तारविरुद्ध परेका रिटको सुनुवाईका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलास तोकिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गएका छन्। ती रिटको सुनुवाई न्यायाधीश खतिवडाको बेञ्चमा हुने भएको हो। विश्वासको मत लिन...बाँकी अंश →


नेपाल खेमाको निष्कर्षः भारतसँगको साँठगाँठमा मन्त्रिपरिषद् पुनर्गठन, महतोको ‘विखण्डनकारी’ अभिव्यक्तिको जबाफ ओलीले दिनुपर्ने

काठमाडौँ- नेकपा एमाले बिद्रोही पक्षले कामचलाउ हैसियतका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँठगाँठ गरी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमासहित मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाउँदै जसपाबाट नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको ‘विखण्डनगरी’ अभिव्यक्तिको जबाफ ओलीले दिनुपर्ने निष्कर्ष निकालेको छ। सत्ता जोगाउन ओलीले अवाञ्छित स्वदेशी मात्रै नभई...बाँकी अंश →


विघटनको मुद्दा विचाराधीन छँदै मन्त्रिपरिषद् पुनर्गठन निन्दनीय: विपक्षी दलहरु

काठमाडौँ– विपक्षी गठबन्धनका पाँच दलले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला कामचलाउ अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै उक्त कार्य निन्दनीय भएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका...बाँकी अंश →


१७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद्‌मा यस्तो छ कार्यविभाजन

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले एमालेका अधिकांश मन्त्रीहरुलाई जसपाका मन्त्रीहरुद्वारा विस्थापित गरेका छन्। अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै निरन्तरता दिएका छन् भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि...बाँकी अंश →


बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्दै जाने खतरा पैदा भयाे: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक...बाँकी अंश →


जसपाको ठाकुर पक्ष आज मन्त्रीको शपथ लिँदै

काठमाडौँ – जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको माग सम्बोधन भएको निष्कर्षसहित ठाकुर पक्ष नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो। प्रधानमन्त्री ओलीले महतोको नेतृत्वमा जसपाबाट आठजना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै शपथ ग्रहण गराउने भएका छन्।...बाँकी अंश →


संवैधानिक इजलासमा रहेका दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजलास छाडे/ को-को न्यायाधीश हुन्छन् अबको इजलासमा?

काठमाडौँ- दोस्रोपटक गरिएको संसद विघटनसँग सम्बन्धी रिटहरुको सुनुवाइका लागि गठन भएको इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले छाड्न अस्वीकार गरेपछि अर्का दुईजना न्यायाधीशले छाडेका छन्। फागुन २३ निवेदकको माग बाहिर गएर आदेश दिएको र उक्त आदेशमा पुनरावलोकनको निस्सा नदिएको भन्दै न्यायाधीश श्रेष्ठ र केसीको उपस्थिति प्रति १४६ जना सांसदका...बाँकी अंश →


जसपाद्धारा महन्थठाकुरसहित चारजना नेता निष्काशित

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना ४ जना नेता निष्काशित गरेको छ। पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो। यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए। योसँगै वर्तमान सरकारमा सहभागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter