
दोहा- चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ५४ कम्पनी कारबाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ५४ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो । मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गर्दा ती कम्पनीहरु कारबाहीमा...बाँकी अंश →

आगरा- भारत उत्तर प्रदेशको आगरास्थित पारस अस्पतालमा ‘नियत बस’ अक्सिजनको आपूर्ति पाँच मिनेटसम्म बन्द गरिँदा कोरोना भाइरसबाट संक्रमित भइ उपचाररत २२ जनाको ज्यान गएको खबर भारतीय सञ्चारमाध्यममा आएका छन्। उपचाररत संक्रमितहरुलाई अक्सिजन रोक्दा कतिबेर बाँच्न सक्छन् भन्ने हेर्नका लागि आपूर्ति बन्द गरिएको भन्ने अस्पताल सञ्चालकको भिडियो अहिले भाइरल भएको छ।...बाँकी अंश →

काठमाडौँ – मन्त्रीपरिषद बिस्तारविरुद्ध परेका रिटको सुनुवाईका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलास तोकिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गएका छन्। ती रिटको सुनुवाई न्यायाधीश खतिवडाको बेञ्चमा हुने भएको हो। विश्वासको मत लिन...बाँकी अंश →
काठमाडौँ- नेकपा एमाले बिद्रोही पक्षले कामचलाउ हैसियतका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँठगाँठ गरी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमासहित मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाउँदै जसपाबाट नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको ‘विखण्डनगरी’ अभिव्यक्तिको जबाफ ओलीले दिनुपर्ने निष्कर्ष निकालेको छ। सत्ता जोगाउन ओलीले अवाञ्छित स्वदेशी मात्रै नभई...बाँकी अंश →
काठमाडौँ– विपक्षी गठबन्धनका पाँच दलले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला कामचलाउ अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै उक्त कार्य निन्दनीय भएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका...बाँकी अंश →
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले एमालेका अधिकांश मन्त्रीहरुलाई जसपाका मन्त्रीहरुद्वारा विस्थापित गरेका छन्। अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै निरन्तरता दिएका छन् भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि...बाँकी अंश →
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक...बाँकी अंश →

काठमाडौँ – जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको माग सम्बोधन भएको निष्कर्षसहित ठाकुर पक्ष नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो। प्रधानमन्त्री ओलीले महतोको नेतृत्वमा जसपाबाट आठजना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै शपथ ग्रहण गराउने भएका छन्।...बाँकी अंश →

काठमाडौँ- दोस्रोपटक गरिएको संसद विघटनसँग सम्बन्धी रिटहरुको सुनुवाइका लागि गठन भएको इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले छाड्न अस्वीकार गरेपछि अर्का दुईजना न्यायाधीशले छाडेका छन्। फागुन २३ निवेदकको माग बाहिर गएर आदेश दिएको र उक्त आदेशमा पुनरावलोकनको निस्सा नदिएको भन्दै न्यायाधीश श्रेष्ठ र केसीको उपस्थिति प्रति १४६ जना सांसदका...बाँकी अंश →
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना ४ जना नेता निष्काशित गरेको छ। पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो। यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए। योसँगै वर्तमान सरकारमा सहभागि...बाँकी अंश →

काठमाडौँ- संसद विघटनसम्बन्धी मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलासका दुई न्यायाधीशहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेपछि बाँकी रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने छलफल गर्न सर्वोच्च अदालतमा बैठक बस्ने तयारी गरेका छन् निषेधाज्ञाका कारण पेसी तोकिएका न्यायाधीशहरुमात्र अदालतमा आउने दृष्टान्त रहे पनि...बाँकी अंश →

चीनले तीन सन्तान जन्माउन दम्पतीहरुलाई छुट दिने भएको छ। दम्पतीहरुलाई अधिकतम तीन सन्तानसम्म जन्माउन छुट दिने व्यवस्था लागु गर्ने घोषणा सोमबार चीनले गरेको हो। योसँगै चीनमा बढिमा दुई सन्तान मात्रै जन्माउन पाउने नियम अन्त्य हुने भएको छ। यस सम्बन्धी परिवर्तनलाई राष्ट्रपति सी जिनपिङ्गले पोलिटिकल ब्यूरोको बैठक मार्फत प्रमाणिकरण गरेको चिनियाँ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: