शुक्रबार, १४ बैशाख २०८१

जसपाद्धारा महन्थठाकुरसहित चारजना नेता निष्काशित

१८ जेष्ठ २०७८, मंगलवार १५:४५ मा प्रकाशित

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना ४ जना नेता निष्काशित गरेको छ।

पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो।

यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए।

योसँगै वर्तमान सरकारमा सहभागि हुने या नहुने विषयलाई लिएर दुई धार देखिएको जसपा विभाजनको सङ्घारमा पुगेको छ। जसपाले पाँच दिन अघि ती नेताहरुलाई स्पष्टीकरण सोधेको थियो।

तर उनीहरुले स्पष्टीकरण नदिने स्पष्ट पारेका थिए। पार्टी नीति विपरीत काम गरेको आरोप लगाउँदै उपेन्द्र यादव समूहले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो।

तर ठाकुर समूहले पनि यादव समूहलाई अनुशासन उल्लंघनको आरोप लगाउँदै यादवलाई स्पष्टीकरण सोधेको थियो। यादव समूहले पार्टीको नीतिविपरीत केपी ओली सरकारलाई साथ दिनुका साथै राष्ट्रपति कार्यालय, निर्वाचन आयोगलगायतलाई पत्र पठाएको आरोप लगाएको छ।

यादव समूह हाल संसद विघटनको विरुद्धमा उत्रिदै विपक्षी नेपाली काँग्रेसलगायतका दलको गठबन्धनलाई साथ दिएको छ। तर ठाकुर समूहले ओलीले संसद विघटन गर्दै घोषणा गरेको निर्वाचनकालाई स्वागत गरेको छ। यादव समूहको आफूहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई ठाकुर समूहले कसरी लिन्छ त्यसबारे स्पष्ट भइसकेको छैन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter