शनिबार, ०८ बैशाख २०८१

मन्त्रीपरिषद् बिस्तारविरुद्धकाे रिट न्यायाधीश खतिवडाकाे इजलासमा

२५ जेष्ठ २०७८, मंगलवार १५:१५ मा प्रकाशित

काठमाडौँ – मन्त्रीपरिषद बिस्तारविरुद्ध परेका रिटको सुनुवाईका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलास तोकिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गएका छन्। ती रिटको सुनुवाई न्यायाधीश खतिवडाको बेञ्चमा हुने भएको हो।

विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद बिस्तार गर्न नमिल्ने जिकिरसहित रिट दायर भएको हो।

विगतमा यस्ता राजनीतिक प्रकृतिका मुद्दाको पेशी न्यायाधीश खतिवडाको इजलासमा विरलै तोकिने गरेको थियो।

खतिवडाको संसद विघटनविरुद्धको मुद्दाका लागि तोकिएको संवैधानिक इजलासमा समेत राखिएका न्यायाधीश हुन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter