
काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जातीय छुवाछुतलाई बढावा दिएको उजुरीमाथि छाननबिन गर्न अन्तरिम आदेश दिएको छ। रुपा सुनुवार प्रकरणमा घरबेटी सरस्वती महर्जनलाई सरकारी गाडीमै जिल्ला प्रशासन कार्यालयमा लिन पुगेका श्रेष्ठलाई मन्त्री जस्तो सार्वजनिक पदमा रहेर पनि जातीय छुवाछुतलाई प्रोत्साहन गरेको आरोप लागेको छ। सुनुवारले श्रेष्ठमाथि छानबिन गर्न...बाँकी अंश →

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिध सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बनेश्वरमा दुबै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले...बाँकी अंश →

काठमाडौँ- विद्यार्थी संगठनको आन्दोलनको दबाबमा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले इन्धनको मूल्य एक रुपैयाँले घटाएको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ । जसअनुसार पेट्रोल अब...बाँकी अंश →

काठमाडौँ- लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा...बाँकी अंश →

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ। पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत कुनै ख्याल नराखी निर्णय गर्नु भण्डारीका लागि सामान्य बन्दै आएको छ। मंगलबार पनि राष्ट्रपति भण्डारीले ओलीको अभिव्यक्तिलाई समर्थन हुने गरी शेरबहादुर देउवालाई संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्री...बाँकी अंश →

चितवन – पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले...बाँकी अंश →

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्। उनले साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ। सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे। त्यसबमाेजिम राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री...बाँकी अंश →

काठमाडौँ– नेपाल आयल निगमले मूल्य समायोजन भनेर प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको भाउ बढाउँदै आएको छ । कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि पहिलो पटक गत जेठ २ गते पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढेको थियो । यसपछि नियमले जेठ २२ गते, असार ९ गते र असार २२ गते भाउ...बाँकी अंश →

काठमाडौँ– नेपाल र भारतबीचको रेल सेवा सम्झौतामा संशोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर भएको छ। यो संशोधनसँगै अब सबै रेल सेवाप्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन्। यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासंघको छ। नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि...बाँकी अंश →

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् । सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् । उनले भने,’देउवाजी...बाँकी अंश →
काठमाडौँँ- जसपाको दुई पक्षबीच कुरा नमिलेपछि निर्वाचन आयोगलाई एउटा पक्षलाई पार्टीको आधिकारिकता दिन आग्रह गरेका छन्। अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूसँग दलको केन्द्रिय कार्यकारिणी परिषद र संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आधिकारिता दाबी गरेपछि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई बोलाएर संयुक्त छलफल...बाँकी अंश →

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक र विपक्षी तर्फको बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: