शनिबार, ०८ बैशाख २०८१

नेपाल–भारतबीचको रेल सेवा सम्झौतामा हस्ताक्षर

२६ असार २०७८, शनिबार २०:५० मा प्रकाशित

काठमाडौँ– नेपाल र भारतबीचको रेल सेवा सम्झौतामा संशोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर भएको छ। यो संशोधनसँगै अब सबै रेल सेवाप्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन्।

यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासंघको छ। नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएकामा महासंघ त्यसको हार्दिक स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने र दुवै देशका सरकारलाई धन्यवादसमेत दिएको छ।

महासंघले यो मुद्दालाई हरेक औपचारिक अनौपचारिक भेटवार्तामा लामो समयदेखि निरन्तर उठाउँदै आएको थियो।

संशोधित सम्झौताअनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता, हल्दियासम्म रेल सेवा दिन सक्नेछन्।

नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकामा विराटनगर, भैरहवा र इनरुवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा उपलब्ध हुने गरी र नेपाल–भारत सीमानाका अन्य पारवहन विन्दु तथा द्विपक्षीय व्यापार नाकामा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजता आउनुका साथै द्विपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ।

समग्रमा व्यापार लागत घटाउनुका साथै नेपालको अन्तराष्ट्रिय व्यापारमा समेत महत्वपूर्ण सघाउ पु¥याउने विश्वास महासंघको छ। संशोधित सम्झौताबाट भारतका निजी रेल सेवाप्रदायकले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको छ।

यसका साथै भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटरले नेपालका लागि हुने ढुवानी सेवा दिन सक्ने भएकाले रेलबाट हुने कार्गो ढुवानीमा प्रतिस्पर्धा बढ्न गई लागत घट्ने तथा समयसमेत बचत हुने विश्वास महासंघको छ यस्तै संशोधित सम्झौताअनुसार यसअघि रेलको ढुवानी भाडा कोलकातामै तिर्नुपर्ने व्यवस्थामा संशोधन भई नेपाली बैंकिङ प्रणालीमार्फत रेल भाडा भुक्तानी गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।

‘डुइङ बिजनेस २०२०’ अनुसार आयात–निर्यातका क्रममा करिब १० वटा सम्बन्धित कागजात पेस गर्नुपर्ने देखिन्छ। त्यसैगरी, निर्यातका क्रममा बोर्डर प्रक्रिया पूरा गर्न ११ घण्टा र डकुमेन्ट प्रक्रिया पूरा गर्न करिब ४३ घण्टा लाग्ने देखिन्छ।

नेपालले वीरगञ्जमा एकीकृत चेकपोस्ट खडा गरेपछि आयात निर्यातमा समय तथा लागत दुवै घटाउन सफल भएको छ। नेपाल–भारतबीचको रेल सम्झौता संशोधनबाट नेपालको आयात निर्यातको लागत तथा समय घटाउन र कागजी प्रक्रियामा पनि सरलता आउने विश्वास महासंघको छ।

समग्रमा नेपाल–भारतबीचको रेल सेवा सम्झौतामा भएको संशोधनले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा निकै ठूलो परिवर्तन आउने अपेक्षा महासंघको छ।

उक्त संशोधित सम्झौताको अक्षरशः पालनाका लागि महासंघको दुवै देशका सरकारसमक्ष आग्रह छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter