बिहिबार, १३ बैशाख २०८१

आज देउवाले प्रधानमन्त्रीकाे शपथ लिने, सानाे आकारकाे मन्त्रीमण्डल बन्दै

२९ असार २०७८, मंगलवार १०:४६ मा प्रकाशित

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्।

उनले  साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ।

सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे। त्यसबमाेजिम राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियाे।

देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

त्यसविरुद्ध १४६ जना सांसद सर्वोच्च अदालत पुगेका थिए। उक्त मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो।

साथै सर्वोच्चले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसला समेत सुनाएको छ।

देउवाले आज सानाे आकारकाे मन्त्रीमण्डल पनि गठन गर्ने सम्भावना छ। साेमबार विपक्षी गठबन्धनकाे बैठकमा संयुक्त सरकार बनाउनेबारे छलफल भएकाे जसपा नेता डा. बाबुराम भट्टराईले बताएका थिए।

तर देउवा सरकारमा एमालेकाे माधवकुमार नेपाल समूह भने सहभागी नहुने सम्भावना छ।

सर्वाेच्चकाे फैसलालगत्तै साेमबार साँझ बसेकाे विपक्षी गठबन्धनकाे बैठकमा नेता नेपालले अब आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएकाे नेताहरुले बताएका छन्।

बैठकमा नेता नेपालले आफ्नाे परिस्थिति भिन्न रहेकाेले गठबन्धनमा अब नरहने बताउँदै मनपरी नगरी सबैलाई समेटेर सरकार सञ्चालन गर्न देउवालाई सुझाव दिएका थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter