मङ्गलबार, १२ साउन २०७८

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

२९ असार २०७८, मंगलवार १०:४९ मा प्रकाशित

चितवन – पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई मंगलबार बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

ओभरटेक नगरिकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको सङ्केतलाई पूर्ण पालना गरी सवारी चलाउन सवारी चालकलाई प्रहरीले अनुरोध गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाको समयमा पहिरो खसी पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । सवारी चालकले जथाभावी ओभरटेक गर्दा पहिरो पञ्छाइ सडक खुलाइए पनि घण्टौँसम्म जाम हुने समस्या छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter