शनिबार, १५ बैशाख २०८१

अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

२४ बैशाख २०७५, सोमबार ११:२४ मा प्रकाशित

अमेरिका, क्यालिफोर्निया, २४ वैशाख (रासस) ः अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो ।
नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग संकलन भएको हो ।
अमेरिकाको विभिन्न भागमा आफ्नो सामुदायिक भवन निर्माण कार्यको अग्रसरता बढेसँगै कोलोराडो निवासी नेपालीले समेत सप्ताहको आयोजना गर्दै रकम संकलन गरी भवन निर्माणको कार्यको शुरुवात गरेका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter