सोमबार, १७ बैशाख २०८१

सबै बालबालिकालाई शिक्षा दिन विशेष भर्ना अभियान ः प्रधानमन्त्री ओली

२४ बैशाख २०७५, सोमबार १४:२७ मा प्रकाशित

काठमाडौँ, २४ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गर्नुभयो ।

तीनदिने उच्चस्तरीय बैठकमा यस क्षेत्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बैठकमा सबै बालबालिकालाई विद्यालय पढ्न पाउने अवसर कसरी सिर्जना गर्ने र विद्यालय भर्ना भएका ती बालबालिकालाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल हुनेछ । यस क्षेत्रका ५–१४ उमेर समूहका तीन करोड बालबालिकाले अझै विद्यालयमा प्रवेश पाएका छैनन् ।

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)द्वारा आयोजित सो बैठकमा यस क्षेत्रका मुलुकहरुले शिक्षा क्षेत्रलाई महत्व दिए पनि अपेक्षित नतिजा पाउन किन सकेका छैनन् भन्ने विषयमा पनि आपसी छलफल हुनेछ ।

युनिसेफका अनुसार यस क्षेत्रका प्राथमिक तहको शिक्षा लिनबाट एक करोड बालबालिका वञ्चित छन् भने दुई करोड बालबालिकाले सो भन्दामाथिको माध्यमिक शिक्षासमेत पाउँदैनन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter