
शुक्रबार एकैदिन देशभर ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ५५ पीसीआर र ९६...बाँकी अंश →

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका छन्। संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन्। दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले बिहीबार संविधान र...बाँकी अंश →

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबारदेखि शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी...बाँकी अंश →

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको प्रभावका कारण देशभरको मौसम बदली भइ धेरै स्थानमा पानी परेको छ । यासको नेपालमा आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली...बाँकी अंश →

काठमाडौँ– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । यसका लागि आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...बाँकी अंश →

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एअरलाइन्सहरुमा नेपालममै उत्पादिक बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मालउन निर्देशन दिनुभएको छ । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग...बाँकी अंश →

काठमाडौँ – मिति २०७८ जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा असंवैधानिक तरिकाले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिएकोमा नेपालको जनसंख्याको दुईतिहाइ हिस्सा ओगट्ने किसानहरू र तिनको प्रतिनिधित्व एवम् नेतृत्व गर्ने किसान संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ भने देशलाई प्रतिगमन, तानाशाही र फासीवादको दिशातर्फ धकेल्ने...बाँकी अंश →

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दिनका लागि सांसदहरु सर्वोच्च अदालत पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सांसदहरु अदालत पुगेका हुन्। विपक्षी...बाँकी अंश →

काठमाडौँ – जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको सबै माग सम्बोधन भएको भन्दै ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो। प्रधानमन्त्री ओलीले राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट आठजनालाई मन्त्री बनाउन तयार भएका छन्। ठाकुर निकट एक नेताका अनुसार ढिलोमा शुक्रबारसम्म शपथ ग्रहण...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पाँच पार्टीको संयुक्त बैठक बस्ने भएको छ। शनिबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद विघटनपछिको अवस्थाको जायजा लिन र ‘प्रभावकारी’ रणनीति तय गर्न पाँच पार्टीको बैठक बस्ने भएको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको...बाँकी अंश →

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने गरी घोषणा गरेकी हुन् । यस अघि मध्यरातमै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि...बाँकी अंश →

काठमाडौँ- कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारी सरकारले गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन। अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए। तर यसबारे प्रधामन्त्री केपी शर्मा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: