शुक्रबार, ०७ बैशाख २०८१

संसद विघटनबिरुद्ध पाँच दलका १४६ जना सांसदहरु सर्वाेच्चमा

१० जेष्ठ २०७८, सोमबार १६:४१ मा प्रकाशित

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दिनका लागि सांसदहरु सर्वोच्च अदालत पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सांसदहरु अदालत पुगेका हुन्।

विपक्षी गठबन्धनले सबै सांसदहरुको हस्ताक्षरसहित सबैको उपस्थितिमा सर्वोच्चमा रिट निवेदन पेश गर्ने तयारी गरेकाे हाे। रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन्।

वैशाख २७ गते ओलीले विश्वासको मत लिँदा २७ जनाले अनुपस्थित भइ असहयोग गरेका थिए। शुक्रबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपतिलाई सुझाइएको पत्रमा नेपाल पक्षका २७ जनाले हस्ताक्षर गरे पनि रिट निवेदनमा हस्ताक्षर गर्नेको स.खय घटेको हो।

त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेका छन्। काग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, एमालेका २३ र जनमोर्चाका १ गरी १४६ जनाको हस्ताक्षर जुटेको छ।

रिटमा संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज गरी संसद अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिनुपर्ने माग गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter