शुक्रबार, १४ बैशाख २०८१

काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थप्ने तयारी

तीन जिल्लाका प्रमुख जिल्लाको संयुक्त बैठक बस्दै

११ जेष्ठ २०७८, मंगलवार १६:१७ मा प्रकाशित

काठमाडौँ– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी गरिएको छ ।

कोरोना भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । यसका लागि आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

अबको निषेधाज्ञामा अझ कडाइ गर्ने तयारी भएको छ । सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्न निषेधाज्ञालाई कडाइका साथ थप्ने तयारी भएको हो ।

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter