३० मंसिर २०८२

मुख्य खबर

प्रधानमन्त्री मोदीको भ्रमण ः विगतको भन्दा पृथक

काठमाडौँ, २८ वैशाख (रासस) ः छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या...बाँकी अंश →


‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालीहरुको...बाँकी अंश →


भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख (रासस) ः नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो । काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ...बाँकी अंश →


केपि ओलि सरकारलाई दिएको समर्थन फिर्ताको माग सहित ओलिबिरुद्ध कडा संघर्स गर्न अपिल ।

केयर ख़बर //बैशाख २८,शुक्रवार नेकपा माओवादि केन्द्रका युवा नेता तथा प्रबासमा मजदुर आन्दोलनका अगुवा बि बि खराल द्वारा नेपालका प्रधानमन्त्री केपि ओलो बिरुद्ध कडा आन्दोलन चलाउन सम्पुर्ण नेपाली जनसमुदाय समक्ष अनुरोध गर्दै प्रधानमन्त्री केपि ओलि लाइ भारतिय दलालको संज्ञा दिएका छन । सरकारले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमण स्वागत...बाँकी अंश →


रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ

गाईघाट, उदयपुर, २८ वैशाख (रासस) जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा...बाँकी अंश →


प्रधानमन्त्री ओलीलाई दलालको आरोप लगाउदै मोदीको बिरोध

शमशाद आदिल, बैशाख२८ //काठमांडौ भारतीय प्रधानमन्त्री मोदी भ्रमणको सन्दर्भमा तीन बुँधे धारणा जारी गर्दै बिश्वभक्त दुलाल ‛आहुति’ नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीले बिरोध गरेको छ । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीको दलाली गरेको समेत प्रेस वक्तव्यमा आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ सुरक्षाको नाममा सयौं भारतीय फौजलाई नाङ्गो रुपमा...बाँकी अंश →


भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण शुक्रबारदेखि

काठमाडौँ, २७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै हुनुहुन्छ । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका...बाँकी अंश →


अख्तियार हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरी

चितवन, २७ वैशाख (रासस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा...बाँकी अंश →


काठमाडौँ: खानेपानी आपूर्तिमा समस्या, दुईलाख जनता प्रभावित

काठमाडौँ, २७ वैशाख (रासस): काठमाडौँ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ । करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन ।...बाँकी अंश →


कानुन क्षेत्रमा जनशक्ति अभाव ः मन्त्री तामाङ

काठमाडौँ, २६ वैशाख (रासस) ः कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले कानुन क्षेत्रमा जनशक्ति अभाव भएको बताउनुभएको छ । कानुन दिवसका अवसरमा ल्यानकाउ नेपालले आज यहाँ आयोजना गरेको ‘सामाजिक न्यायको लागि कानुन सहायक तथा सरोकारवालासँगको छलफल’मा उहाँले गाउँगाउँमा कानुन स्वयम्सेवक खटाउनुपर्ने हुँदा जनशक्तिको अभाव रहेको बताउनुभएको हो । “कानुनको...बाँकी अंश →


प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, २६ वैशाख (रासस) ः पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई...बाँकी अंश →


अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

भैरहवा, २६ वैशाख (रासस) ः अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter