बिहिबार, १५ चैत २०८०

मुख्य खबर

आमाको नामबाट नागरिकता

नेपालगंज बैसाख २४ , आमाको नामबाट नागरिकता पाउनु पर्न माग गर्दै थर्ड एलायन्सको कानुनी सहयोगमा उच्च अदालत नेपालगंज इजलास देखि सर्बोच्च अदालत सम्म पुगे पछि सर्बोच्चको आदेश पछि बर्दियाकि श्वेता श्रीवास्तव ले  हिजो जिल्ला प्रशासन कार्यालय बर्दियाबाट आमाको नामबाट नागरिकता पाउन सफल भएकि हुन । थर्ड एलायन्सले नागरिकता पिडितहरुलाई निशुल्क कानुनि...बाँकी अंश →


सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने

काठमाडौँ, २३ वैशाख (रासस) ः अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

चितवन, २३ वैशाख (रासस) ः सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको...बाँकी अंश →


रोजगारका लागि नेपाली विदेश जानु पर्दैन ः वन मन्त्री बस्नेत

गुलरिया, बर्दिया, २३ वैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने...बाँकी अंश →


भारतीय प्रमलाई वैशाख २९मा अभिनन्दन

काठमाडौँ,२३ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले...बाँकी अंश →


मदरसमा र बिद्यालयमा बच्चाहरुको भर्नाबारे अन्तरकिर्या गर्दै शिक्षा मन्त्री

शमशाद आदिल मुस्लिम समुदायको एउटा बच्चा पनि शिक्षा को पहुच बाट बाहिर नछुटने गरी ‛बिद्यालय तथा मदरसमा बच्चाको भर्ना हाम्रो समाजिक दायित्व २०७५’ अभियान चलाएको शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए । मदरसा शिक्षा व्यवस्थापन परिषद शिक्षा विभागले बैशाख २२गते इस्लामी संघ नेपालको केन्द्रीय सभाहालमा आयोजना गरेको अन्तरकिर्या...बाँकी अंश →


पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

महेन्द्रनगर, धनुषा, २३ वैशाख (रासस) ः नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो । अध्यक्ष पदमा चौहानले...बाँकी अंश →


साना विषयले एकीकरणमा अलमल हुनुहुँदैनः प्रधानमन्त्री

काठमाडौँ, २२ वैशाख (रासस) ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ । एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक...बाँकी अंश →


ठग्ने व्यापारीलाई कारबाही गर्ने– आपूर्ति मन्त्री

विराटनगर, २२ वैशाख (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानून अनुसार कारबाही गर्ने...बाँकी अंश →


निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ ः राज्यमन्त्री बाँस्कोटा

बनेपा, २२ वैशाख (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण...बाँकी अंश →


लोकतन्त्रमा जनता शक्तिशाली ः प्रम ओली

चितवन, २१ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताउनु भएको छ । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्री शक्तिशाली भयो भनेर धेरैले हल्ला गरेको तपाईंहरुले सुन्दै...बाँकी अंश →


आज नचलेका गाडीको रुट परमिट निलम्बन गछौँ ः महानिर्देशक भट्टराई

काठमाडौँ, २१ वैशाख (रासस) ः यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter