आइतबार, २३ बैशाख २०८१

केपि ओलि सरकारलाई दिएको समर्थन फिर्ताको माग सहित ओलिबिरुद्ध कडा संघर्स गर्न अपिल ।

२८ बैशाख २०७५, शुक्रबार १२:२९ मा प्रकाशित

केयर ख़बर //बैशाख २८,शुक्रवार

नेकपा माओवादि केन्द्रका युवा नेता तथा प्रबासमा मजदुर आन्दोलनका अगुवा बि बि खराल द्वारा नेपालका प्रधानमन्त्री केपि ओलो बिरुद्ध कडा आन्दोलन चलाउन सम्पुर्ण नेपाली जनसमुदाय समक्ष अनुरोध गर्दै प्रधानमन्त्री केपि ओलि लाइ भारतिय दलालको संज्ञा दिएका छन । सरकारले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमण स्वागत योग्य र दुइदेश बिचको सम्बन्ध सुधारको पाटो रहेता पनि केपि सरकारले मोदिको भ्रमण लाइ लिएर गरिएको लम्पसारबाद अर्थात एक भक्तले आफ्नो भगवान प्रती गरिने श्रद्धा भन्दा पनि बढी गरेर बिश्व सामु नेपाली स्वाभिमान ,स्वाधिनता,सार्बभौमसत्ताको बदनाम र नेपाललाइ भुटानिकरण गर्न तर्फ लागेको बताएका छन ।

आजको नागरिक अभिनन्दन ,सार्बजनिक बिदा र अरुण तेस्रो जलबिधुत भारतलाइ सुम्पिन्न लागेकाले यो सरकार बिरुद्ध सम्पुर्ण नेपाली देशभक्त नागरिकले आन्दोल गर्न अपिल सम्म गरेका छन ।

खरालले सामाजिक संजाल फेसबुकमा केपि ओलि बिरुद्ध यसरी कडा अभिब्यक्ती लेखे“भारतिय दलाल केपि ओलिले माहकाली बेच्दा सेटलाइट बाट पैसा आउछ भनेको पनि २० बर्ष पार भैसक्यो तर एक रुपैयाँ सम्म आएन?, २० बर्ष पछि अरुण तेस्रो ९०० मेघावाट उत्पादन शक्ती भएको नदि आफ्नो प्रभुलाइ सुम्पिन लागेकाले माओवादी ,एमाले भित्र रहेका आम देशभक्त नेता कार्यक्रता ,विद्यार्थी भाइबहिनीहरु ,आम नेपाली देशभक्त जनसमुदायहरुमा अब अस्ति नाकाबन्दी को मार ,कैलाली घटना ,मधेसमा मारिएका नेपाली दाजुभाइ र कालाबजारी बाट जनता लुटिएको सबै किसिमको हिसाबकिताब र केपि ओलिलाइ सरकार द्वारा १८ करोड भन्दा बढी लगानी गरेर गरिएको उपचार खर्च सहित अब एकै पटक हिसाबकिताब गर्न आजै मोदिको नागरिक अभिनन्दन कार्यक्रम मै जनबिद्रोह गर्दै सत्ता बाट हटाउन हार्दिक अनुरोध गर्दछु ।”

नागरिक अभिनन्दन ,खोलानाला सम्झौता र केपि सरकारबारे  आजै देशभरी बृहत जनाअन्दोलन र कडा संघर्स गरेर देशको राष्ट्रियता ,स्वाधीनता ,सार्बभौमसत्ता र राष्ट्रिय एकता लाइ सुरक्षा गर्न अब कडा आन्दोलन गर्न आम सम्पुर्ण देशभक्त जनसमुदायमा हार्दिक अनुरोध गर्दै माओवादी युवा नेता बिबि खरालले कडा बक्तब्य सार्बजनिक गरेका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter