आइतबार, १६ बैशाख २०८१

मुख्य खबर

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, २६ वैशाख (रासस) ः पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई...बाँकी अंश →


अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

भैरहवा, २६ वैशाख (रासस) ः अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।...बाँकी अंश →


चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल

काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह ः एक...बाँकी अंश →


आर्थिक समृद्धि प्राथमिकतामा ः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो मनत्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्रमुख प्राथमिकतामा...बाँकी अंश →


विभिन्न अध्यादेश स्वीकृत

काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत ग¥यो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ, २६ वैशाख (रासस) ः पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो । उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको...बाँकी अंश →


संसद्– विशेष समय

काठमाडौँ, २६ वैशाख (रासस) ः संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद पवित्रा निरौलाले इलाम जिल्ला रोम गाउँपालिका निवासी ७७ वर्षीय वृद्ध महिलामाथि हालै भएको बलत्कार घटनाप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बलात्कार गर्ने अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत माग गर्नुभयो । सांसद देवेन्द्रराज कँडेलले भारतीय...बाँकी अंश →


करोडौँको जडीबुटी चोरी निकासी हँुदै

बझाङ, २६ वैशाख (रासस) ः जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ । व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि...बाँकी अंश →


सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौँ, २६ वैशाख(रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनुभएको छ । आज बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो,‘‘हाम्रो मुख्य ध्येय पर्यटन...बाँकी अंश →


द्वन्द्वपीडित पत्रकारका छोराछोरीको प्रश्न ः ‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’

काठमाडौँ, २६ वैशाख (रासस) ः रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् । रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, “मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ, उहाँको...बाँकी अंश →


काँग्रेस पराजय वाम गठबन्धनका कारण ः कार्की

इटहरी, २६ वैशाख (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताउनुभएको छ । उहाँले मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदा उक्त कुरा बताउनुभएको हो...बाँकी अंश →


राप्रपामा गणतन्त्रको पक्षमा सुझाव

काठमाडौँ, २५ वैशाख (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको वैचारिक तथा सैद्धान्तिक आदर्शमा गणतन्त्रको पक्षमा नेताहरुको सुझाव आएको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा आजदेखि महाराजगञ्जमा शुरु भएको बैठकमा बोल्ने अधिकांश नेताले संविधानलाई स्वीकार गरिसकेपछि राजसंस्थाको विषय उठाउनु असंवैधानिक हुने तर्क दिएपछि राजसंस्था पक्षधर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter