आइतबार, २३ बैशाख २०८१

प्रधानमन्त्री ओलीलाई दलालको आरोप लगाउदै मोदीको बिरोध

केयर खबर

२८ बैशाख २०७५, शुक्रबार ०२:३७ मा प्रकाशित

शमशाद आदिल,

बैशाख२८ //काठमांडौ

भारतीय प्रधानमन्त्री मोदी भ्रमणको सन्दर्भमा तीन बुँधे धारणा जारी गर्दै बिश्वभक्त दुलाल ‛आहुति’ नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीले बिरोध गरेको छ । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीको दलाली गरेको समेत प्रेस वक्तव्यमा आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ सुरक्षाको नाममा सयौं भारतीय फौजलाई नाङ्गो रुपमा परेड खेल्न निम्तो दिने नेपालको शासक डफ्फाको निकृष्ट निर्णयले नेपाली सार्वभौमसत्ताको शीर निहुरिन पुगेको छ । यसबाट नेपालको आजको सरकार, गठबन्धनमा रहेका पार्टी र तिनका मुख्य नेता मण्डलीको देशभक्तिको नारा कति खोक्रो रहेछ भनी भण्डाफोर भएको छ । साथै नेपालको शासकवर्गका पार्टीहरुका नेतृत्व डफ्फा कुन स्तरको दलाल डफ्फामा परिणत भइसकेको रहेछ भन्ने कुरा पनि छर्लङ्ग भएको छ । नेपाली सार्वभौमसत्ता र नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने गरी यस भ्रमणका सन्दर्भमा गरिएको निर्लज्ज दलालीका निम्ति नेपालको शासक डफ्फालाई नेपाली जनताले कदापि क्षमा दिने छैनन् ।’

बै स पार्टीका संयोजक आहुति द्वारा जारी गरिएको प्रेस बयक्तब्य

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter