शुक्रबार, २१ बैशाख २०८१

जनकपुर भ्रमण यादगारः भारतीय प्रम

२८ बैशाख २०७५, शुक्रबार २३:२३ मा प्रकाशित

महेन्द्रनगर, धनुषा, २८ वैशाख (रासस) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्ने धेरै वर्षदेखिको इच्छा आज पूरा भएको बताउनुभएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा आज जनकपुर आउनुभएका प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा रहेको आगन्तुक पुस्तिकामा ‘नेपाल र भारत दुवै देशका तीर्थालुको धार्मिक तीर्थस्थलको यात्रा आफ्ना लागि यादगार’ रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “आज मेरो न्यानो अभिवादन तथा स्वागतका लागि म नेपाल सरकार र जनकपुरवासी प्रति आभारी छु ।” उहाँले नेपाल र नेपाली जनताको प्रगति, समृद्धि र शान्तिका लागि भारतीय जनताका तर्फबाट शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter