
काठमाडौँ – बिहीबार बेलुकासम्म प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। अब दोलखा, स्याङ्जा २ र बाजुराको मात्रै परिणाम आउन बाँकी छ। निर्वाचित भएका सांसदहरुको उमेर समूहअनुसार विश्लेषण गर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको वर्चश्व रहेको छ। जसमा पनि ५० देखि ६० वर्षसम्मका...बाँकी अंश →

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन्। प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका...बाँकी अंश →

कपिलवस्तु ३ मा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई पराजित गर्नुभएको हो । गुप्ता र शाहको मतान्तर ३ हजार ६३७ छ । गुप्ताले २२ हजार ६१९ मत पाउँदा शाहले १८ हजार ९८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...बाँकी अंश →

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाण्डौ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री...बाँकी अंश →

काठमाडौँ –मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ मा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो। निर्वाचन आयोगका अनुसार देशभरका मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूको सबै विवरण प्राप्त भइसकेको छ। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार...बाँकी अंश →

सुर्खेत- कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय, कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुगुमा आठ जना,...बाँकी अंश →

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गर्दा विकल्पको रूपमा गोरखा २ मा पनि चर्चा भएको छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यो क्षेत्रबाट नउठी समानुपातिक सांसद बन्ने बाटो रोजेपछि उनको स्थानमा प्रचण्डलाई उठ्न स्थानीय नेता कार्यकर्ताले माग गरेका...बाँकी अंश →

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले...बाँकी अंश →

काठमाडौं-काठमाडौंस्थित साउदी अरबको दुतावासले ९२ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत साद बिन नासिर अबु हैम्दले केट काटेर शुभारम्भ गरेका थिए। साउदी राजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण...बाँकी अंश →

काठमाडौँ– बालेन शाहको चर्चा र चासो त्यतिबेला सुरु भयो, जतिबेला उनी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने तयारी गर्दै थिए। गत वैशाख अन्त्यमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरको मेयरमा चुनिएदेखि आजसम्म बालेनको क्रेज बढ्दो क्रममा छ भन्दा पनि हुन्छ। उपमेयरमा सुनिता डंगोल निर्वाचित भएसँगै महानगरको ठूलो जमातले युवा नेतृत्व पाएको खुसीयाली मनायो।...बाँकी अंश →

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने बताएका छन्। पिछडा वर्ग महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधि सभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उत्रिएको दाबी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: