बिहिबार, ०६ बैशाख २०८१

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा

२९ आश्विन २०७९, शनिबार २०:०० मा प्रकाशित

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ ।

शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाण्डौ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गर्नुभयो ।

उहाँले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गर्नुभयो । उहाँले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाउनुभयो ।

उहाँले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सकरारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरुको गठबन्धन भएको आरोप पनि लगाउनुभयो ।

यस्तै उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताउनु भयो । उहाँले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताउनुभयो ।

उपाध्यक्ष महराले प्रतिगमनकारी शक्तिहरु अहिले पनि सल्बलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter