बिहिबार, ०६ बैशाख २०८१

प्रतिनिधिसभामा ५० वर्ष माथिकाको वर्चश्व, ३० मुनिका दुई जना मात्रै

प्रकाश ढकाल

१५ मंसिर २०७९, बिहीबार २१:१० मा प्रकाशित

काठमाडौँ – बिहीबार बेलुकासम्म प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। अब दोलखा, स्याङ्जा २ र बाजुराको मात्रै परिणाम आउन बाँकी छ।

निर्वाचित भएका सांसदहरुको उमेर समूहअनुसार विश्लेषण गर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको वर्चश्व रहेको छ। जसमा पनि ५० देखि ६० वर्षसम्मका सबैभन्दा धेरै ६० जना छन्।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षमा निर्वाचितमध्ये ३० वर्षभन्दा भन्दा कम उमेर समूहका दुई जना मात्रै छन्। संविधानले प्रतिनिधिसभाको सदस्य हुनका लागि न्यूनतम २५ वर्षे उमेर हद निर्धारण गरेको छ।

त्यस्तै, ३० देखि ४० वर्षसम्मका ६ जना निर्वाचित भएर आएका छन्। ४० देखि ५० वर्षसम्मका ३१ जना छन् भने ५० देखि ६० वर्षसम्मका ६० जना रहेको छन्।

त्यस्तै गरी ६० देखि ७० सम्मका ५१ जना र ७० वर्षभन्दा माथि उमेर १३ जना जना निर्वाचित भएका छन्।

प्राप्त विवरणअनुसार प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी २७ वर्षे सोविता गौतम हुन् भने सबैभन्दा बढी उमेरका ८० वर्षे महन्थ ठाकुर हुन्।

कुन उमेर समूहमा को–को परे?


३० भन्दा कम
सोविता गौतम २७
योगेश गौचन थकाली २९

३० देखि ४० सम्म
ज्ञान बहादुर शाही ३०
अमनलाल मोदी ३७
तोसिमा कार्की ३३
हरि ढकाल ३९
रञ्जिता श्रेष्ठ ३१
अरुण कुमार चौधरी ३७

४० देखि ५० सम्म
जुलीकुमारी महतो ४६
ज्वालाकुमारी साह ४०
महेश बर्तौला ४०
विद्या भट्टराई ४९
पदम गिरी ४५
सूर्यबहादुर थापा ४८
दामोदर भण्डारी ४८
तारा लामा ४९
सीता गुरुङ ४६
सुनिलकुमार शर्मा ४४
मोहन आचार्य ४५
गगन थापा ४६
प्रदीप पौडेल ४७
राजेन्द्र बजगाईँ ४९
राजु थापा ४३
सुदन किराती ४३
लेखनाथ दाहाल ४६
माधव सापकोटा ४१
महेन्द्र बहादुर शाही ४५
मेटमणि चौधरी ४९
धनबहादुर बुढा ४७
शिशिर खनाल ४३
गणेश पराजुली ४३
विराजमक्त श्रेष्ठ ४१
रवि लामिछाने ४७
राज किशोर यादव ४९
प्रदीप यादव ४७
गंगाराम चौधरी ४४
चन्द्रकान्त राउत ४५
किरणकुमार साह ४४

५० देखि ६० सम्म
योगेश भट्टराई ५६
वसन्त नेम्वाङ ६०
लाल प्रसाद सावा लिम्बु ५५
राजेन्द्र कुमार राई ५६
ऋषिकेश पोखरेल ५४
मानबीर राई ५२
अम्बरबहादुर रायमाझी ५३
लक्ष्मी महतो ५८
हरिप्रसाद उप्रेती ५५
सूर्यप्रसाद ढकाल ५०
अच्युत मैनाली ५७
राजकुमार गुप्ता ५१
प्रेमबहादुर महर्जन ५६
गोकुल बास्कोटा ५२
मनबहादुर गुरुङ ५६
दामोदर पौडेल वैरागी ५६
गोकर्ण विष्ट ५७
नारायण प्रसाद आचार्य ५२
ठाकुर गैरे ५४
बासुदेव घिमिरे ५४
विश्वप्रकाश शर्मा ५२
दिपक खड्का ५१
डिगबहादुर लिम्बु ५९
रामहरि खतिवडा ५२
देवप्रसाद तिमल्सेना ५२
अजयकुमार चौरसिया ५७
पूर्णबहादुर तामाङ ५७
श्यामकुमार घिमिरे ५८
दुलर्भ थापा ५४
उदय शमशेर जबरा ५२
शंकर भण्डारी ५४
विष्णुकुमार कार्की ५९
खमबहादुर गर्बुजा ५७
किशोर सिंह राठोर ५३
सञ्जय कुमार गौतम ५९
ऐन बहादुर शाही ५२
वीरबहादुर बलायर ५७
रमेश लेखक ५८
रामकुमार राई ५४
हितबहादुर तामाङ ५९
सूर्यमान दोङ ५२
देवेन्द्र पौडेल ५७
पूर्णबहादुर घर्ती ५५
वर्षमान पुन ५१
रेखा शर्मा ५३
छिरिङ डम्डुल लामा ५५
शक्ति बस्नेत ५३
जनार्दन शर्मा ५९
कृष्णकुमार श्रेष्ठ ५४
प्रकाश ज्वाला ५५
शेरबहादुर कुँवर ५६
राजेन्द्र लिङ्देन ५७
वीरेन्द्र प्रसाद महतो ५३
दीपक कार्की ५८
रामसहाय प्रसाद यादव ५२
रामप्रकाश चौधरी ५८
योगेन्द्र मण्डल ५१
अमरेशकुमार सिंह ५२
प्रभु साह ५१
भगवती चौधरी ५१

६० देखि ७० सम्म
सुवास नेम्वाङ ६९
देवराज घिमिरे ६६
भीमप्रसाद आचार्य ६३
रामशंकर यादव ६१
लीलानाथ श्रेष्ठ ६५
कृष्णगोपाल श्रेष्ठ ६४
पृथ्वीसुब्बा गुरुङ ६४
टोपबहादुर रायमाझी ६०
विष्णु पौडेल ६२
छविलाल विश्वकर्मा ६१
बलराम अधिकारी ६२
महेश बस्नेत ६२
दिनेश कुमार यादव ६१
तेजुलाल चौधरी ६०
रामकृष्ण यादव ६०
महेन्द्र कुमार राय ६३
रमेश रिजाल ६५
रामनाथ अधिकारी ६१
प्रकाशमान सिंह ६६
सन्तोष चालिसे ६४
राजेन्द्रकुमार केसी ६४
टेकबहादुर गुरुङ ६७
मोहन बहादुर बस्नेत ६४
शशांक कोइराला ६४
चन्द्र भण्डारी ६१
सुरेन्द्रराज आचार्य ६४
दिपक गिरी ६०
विनोद चौधरी ६७
दिक्पाल कुमार शाही ६१
पूर्णबहादुर खड्का ६६
हृदयराम थानी ६२
पुष्पबहादुर शाह ६१
डिल्लीराज पन्त ६६
दिलेन्द्र बडु ६८
नारायण प्रकाश साउद ६०
पुष्पकमल दाहाल प्रचण्ड ६६
माधवकुमार नेपाल ६९
राजेन्द्र पाण्डे ६६
अम्मर बहादुर थापा ६६
भानुभक्त जोशी ६३
प्रेमबहादुर आले ६१
दिपक बहादुर सिंह ६१
विक्रम पाण्डे ६९
धवल शमशेर राणा ६१
शरतसिंह भण्डारी ६८
प्रेम सुवाल ६२
लाल प्रसाद चौधरी ६७
ज्ञानेन्द्र बहादुर कार्की ६५
अशोक राई ६५
रघुवीर महासेठ ६१
महेश बस्नेत ६२

७० भन्दा माथि
केपी शर्मा ओली ७०
मंगलप्रसाद गुप्ता ७७
शेखर कोइराला ७२
अर्जुननरसिंह केसी ७५
रामचन्द्र पौडेल ७८
शेरबहादुर देउवा ७७
महिन्द्र राय यादव ८५
ध्रुवबहादुर प्रधान ७३
दीपक बोहरा ७१
नवल किशोर साह सुडी ७३
महन्थ ठाकुर ८०
सर्वेन्द्रनाथ शुक्ला ७२
नारायण खड्का ७३

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter