बुधबार, १९ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

चर्चित उर्दु कवी राहत इन्दुरीको कोरोनाका कारण निधन

नयाँ दिल्ली- चर्चित उर्दु कवि राहत इन्दुरीको कोरोना भाइरसका कारण निधन भएको छ। सोमबार मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो। भारतीय सन्चार माध्यमले इन्दुरीको मध्य प्रदेशमा मृत्यु भएको जनाएका छन्। सामाजिक सन्जालमा सक्रिय देखिने गरेका ७० वर्षीय इन्दुरीले मंगलबार  आफुलाई कोरोना संक्रमण भएको अपरान्ह जानकारी दिएका थिए। ‘कोरोना...बाँकी अंश →


गौतम बुद्ध महान् भारतीय हुन्: विदेश मन्त्री जयशंकर

भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय  भएको बताएका छन्। कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा  गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन्। अन्तर्क्रियाका क्रमा प्रश्नकर्ताले उनलाई पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरजस्तै राष्ट्रिय स्वार्थलाई भन्दा विश्वव्यापी मान्यतालाई...बाँकी अंश →


श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

टापु राष्ट्र श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ। त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। कोरोनाभाइरसको...बाँकी अंश →


जम्मु-कश्मीरमा दाबी गर्दै पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

पाकिस्तानले मंगलबार आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार साँझ देशवासीलाई सम्बोधन गर्दै नयाँ राजनीतिक नक्सा जारी भएको जानकारी दिएका हुन्। उक्त नयाँ नक्सालाई आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको अखबार 'द डन' ले जनाएको छ। भारतले जम्मु-कश्मीरको स्वायत्तता खोसेर केन्द्र प्रशासित क्षेत्र बनाएको...बाँकी अंश →


भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

न्यू देल्ही, भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको जानकारी उनले आइतबार दिउँसो ट्वीट मार्फत सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको बताए। 'कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।' 'मेरो स्वास्थ्य ठीक छ,...बाँकी अंश →


साउदीमा कोरोना भाइरसबाट निको हुने संख्या २ लाख नाघ्यो/साउदीमा कोरोनाबाट ३५ भन्दा बढी नेपालीको मृत्यु

बिष्णु घिमिरे। साउदी अरेबिया : विश्व भर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणको असर साउदी अरेबियामा पनि कम हुँदै गएको  छ। दैनिक संक्रमित संख्य भन्दा  निको  हुने संख्या  बढ्दो  छ। हालसम्म  कोरोनाबाट २ लाख १३ हजार ४ सय ९० निको भएका छन् भने २ लाख ६० हजार ३ सय ९० संक्रमित रहेका...बाँकी अंश →


चिनियाँ सेनाकी वैज्ञानिक क्यालिफोर्नियाको महावाणिज्य दूतावासमा लुकेको एफबिआईको आरोप

अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)ले चिनियाँ जनमुक्ति सेना (पिएलए)ले  छद्मभेषी रूपमा आफ्ना वैज्ञानिक अमेरिका पठाएको आरोप लगाएको छ। अमेरिकाले ह्युजटनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न ७२ घन्टाको समय दिएको अर्को दिन पिएलएले त्यसरी अमेरिका पठाएकी एक जना महिला  वैज्ञानिक सानफ्रान्सिस्कोको चिनियाँ महावाणिज्य दूतावासमा लुकेको समाचार अमेरिकी सञ्चारमाध्यमले छापेका छन्। सिएनएनका...बाँकी अंश →


चीनले बेलायतलाई भन्यो- हङकङका नागरिकलाई नागरिकता दिने निर्णय अन्तर्राष्ट्रिय कानुन विपरीत

चीनले हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नयाँ नीति अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको जनाएको छ। बेलायतको सो नीतिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने उसको भनाइ छ। लन्डनमा रहेको चिनियाँ दूतावासले बिहीबार यस्तो प्रतिक्रिया दिएको हो। चीनले विश्वको आर्थिक राजधानी मानिने हङकङमा जुलाई १ बाट नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि पछिल्लो...बाँकी अंश →


प्रत्यर्पण सन्धी खारेजपछि चीनले बेलायतलाई भन्यो- नतिजा भोग्नुपर्नेछ

हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लगाएपछि चीनसँगको प्रत्यर्पण सन्धी खारेज गरेकोमा बेलायतले त्यसको नतिजा भोग्नुपर्ने प्रतिक्रिया चीनले दिएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार चीनको आन्तरिक मामिलामा भएको यस हस्तक्षेपको निश्चितरूपमा नतिजा भोग्ने प्रतिक्रिया दिएका हुन्। प्रवक्ताले बेलायतले बारम्बार अन्तराष्ट्रिय कानुन र अन्तराष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको...बाँकी अंश →


साउदी अरबका राजा अस्पताल भर्ना

पित्ताशय सुन्निएपछि ८४ वर्षीय राजा सलमानलाई रियादस्थित किङ्ग्स फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको राज्यको समाचार संस्था एसपिएले जनाएकाे छ। सन् २०१५ यता अमेरिकासँग राम्रो सम्बन्ध बनाउन उनले भूमिका निर्वाह गरेका थिए। याे बाहेक थप जानकारी भने दिइएको छैन। राजा सलमानले सन् २०१५ देखि साउदीको राजगद्दी सम्हालेका थिए। राजा हुनुअघि उनी...बाँकी अंश →


हङकङलाई दिँदै आएको विशेष हैसियत अन्त्य भएको अमेरिकाको घोषणा

अमेरिकी राष्ट्रपतिले हङकङलाई प्रदान गरिएको विशेष हैसियतलाई अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन्। बिबिसीमा प्रकाशित समाचारका अनुसार राष्ट्रपति ट्रम्पले चीनप्रति कडा नीति अँगाल्ने क्रममा पछिल्लो कदम चालेका हुन्। मंगलबार ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले चीनले जुलाई एकबाट हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनका लागि चीनविरूद्ध यो कदम चालिएको बताए।...बाँकी अंश →


इरानले जारी गर्‍यो ट्रम्पविरूद्ध पक्राउ पुर्जी, इन्टरपोलसँग माग्यो सहयोग

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। समाचार संस्था एपीका अनुसार इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएका छन्। गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा हत्या गरेको आरोपमा इरानले ट्रम्पसहित तीस जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। तेहरानका अभियोजनका अली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter