बिहिबार, १३ बैशाख २०८१

प्रत्यर्पण सन्धी खारेजपछि चीनले बेलायतलाई भन्यो- नतिजा भोग्नुपर्नेछ

६ श्रावण २०७७, मंगलवार २१:२४ मा प्रकाशित

हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लगाएपछि चीनसँगको प्रत्यर्पण सन्धी खारेज गरेकोमा बेलायतले त्यसको नतिजा भोग्नुपर्ने प्रतिक्रिया चीनले दिएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार चीनको आन्तरिक मामिलामा भएको यस हस्तक्षेपको निश्चितरूपमा नतिजा भोग्ने प्रतिक्रिया दिएका हुन्।

प्रवक्ताले बेलायतले बारम्बार अन्तराष्ट्रिय कानुन र अन्तराष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको उल्लघंन गरेको आरोप लगाए।

उनले बेलायतले गलतबाटोमा हिँड्ने कार्य जारी राखे त्यसको नतिजा भोग्नुपर्ने चेतावनी दिए।

बेलायती विदेशमन्त्री डोमोनिक रावले चीनले नयाँ कानुन लागू गरेर अन्तराष्ट्रिय दायित्वको गम्भीर उल्लघंन गरेकाले आफूहरूले तुरून्त लागू हुने गरी अनिश्चितकालका लागि सन्धी खारेज गर्नुपरेको घोषणा गरेका थिए।

बेलायतको यो निर्णय अमेरिकाको प्रभावमा आएको चीनको बुझाइ छ।

सोमबारमात्र अमेरिकी विदेश मन्त्री माइक पोम्पिओ चीन, फाइभ जी तथा ब्रेक्जिट लगायतका विषयमा छलफल गर्न सोमबार बेलायत पुगिसकेका छन्।

बेलायतले मंगलबार ३० वर्षदेखिको सन्धी खारेज गरेको हो। सरकारको यस निर्णयमा लेबर पार्टीलेसमेत समर्थन गरेको छ।

सन्धी खारेजको घोषणा गर्दै विदेशमन्त्री रावले बेलायतले चीनसँग सकारात्मक सम्बन्ध राख्न चाहेको पनि बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter