२० मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

रूसी प्रतिपक्षी नेता नाभाल्नीसहित ३५० पक्राउ

मस्को, रूस, २२ वैशाख (रासस÷एएफपी) ः रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उहाँको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ । रूसी राष्ट्रपतिले आगामी सोमबार चौँथो कार्यकालको लागि...बाँकी अंश →


पाकिस्तानी निर्वाचन एलियनद्वारा गराइने छ ः प्रधानमन्त्री अब्बासी

इस्लामावाद, पाकिस्तान, २२ वैशाख (रासस÷पिटीआई) ः पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताउनुभएको छ । पाकिस्तानी डन न्यूजले प्रधानमन्त्री अब्बासीको शब्दलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानको निर्वाचन आयोगले प्रधानमन्त्रीलाई ‘गैरजिम्मेवार भनाइहरू’ नदिन कडा दवाव दिएपछि प्रधानमन्त्रीले निर्वाचन ‘एलियन’ ले गराउने बताउनुभएको छ ।”...बाँकी अंश →


फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला २२ वैशाख (रासस÷एएफपी) ः फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ । स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् । यस भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको कुनै विवरण...बाँकी अंश →


खुला नीतिपछि विकासमा खुलेको चीन

इजिङ, २२ वैशाख (रासस) ः जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ । चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम् प्रमुख दाताराष्ट्रका रुपमा स्थापित गर्न ठोस जगको काम गरेको जानकारहरुको विश्लेषण छ । चिनियाँ कम्युनिष्ट...बाँकी अंश →


अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

वासिङटन, २१ वैशाख (रासस÷एएफपी) ः अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ । यो महिना ३.९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख...बाँकी अंश →


कुवेतमा एक बर्षमा ७० हजार सडक दुर्घटना

कुवेती सिटी, २१ वैशाख (रासस÷सिन्ह्वा) ः कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती दुर्घटनामध्ये ४२८ दुर्घटनामा मानवीय क्षति भएको छ । मन्त्रालयका कार्यबहाक प्रमुख प्रवक्ता ताह्डि अल कान्देरीले ट्राफिक नियमको उल्लङघनका कारण धेरै...बाँकी अंश →


माक्र्सवादलाई चीनले थप उचाइमा लग्नेछ ः राष्ट्रपति सी

बेइजिङ, चीन, २१ वैशाख (रासस÷एएफपी) ः विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताउनुभएको छ । “चीनले माक्र्सवादको झण्डालाई उच्च बनाइरहने र माक्र्सवादका अनुयायीका लागि आफ्नो दल सधैँ अभिभावक बनी माक्र्सवादी दर्शनको सधैँ अभ्यास गरिरहने...बाँकी अंश →


अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख (रासस÷सिन्ह्वा) ः दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुग्नुभएको समाचार छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय वार्ता हुन लागेको समयमा त्यसको अगाडि दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकारले अमेरिकाकाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ...बाँकी अंश →


भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

आग्रा, भारत २१ वैशाख (रासस÷एएफपी) ः उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ । बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा...बाँकी अंश →


भारतमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु

नयाँदिल्ली, २० वैशाख (रासस÷सिन्ह्वा) ः भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन् । मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो । बिहार...बाँकी अंश →


राष्ट्रसंघ प्रमुखद्वारा मध्य अफ्रिकामा भएका हिंसात्मक गतिविधिप्रति चासो व्यक्त

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २० वैशाख (रासस÷एएएफपी) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुथे्रसले मध्य अफ्रिकी गणतन्त्रका विभिन्न धार्मिकस्थल (चर्च तथा मस्जीद) लाई लक्षित गरी भएका आक्रमणप्रति चासो व्यक्त गर्दै बिहीबार सम्वद्ध सबैलाई शान्त रहन आग्रह गर्नुभएको छ । राष्ट्रसंघ प्रमुखले मङ्गलबार विभिन्न स्थानमा भएका आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु...बाँकी अंश →


बेलायतमा स्थानीय निर्वाचनका लागि मतदान, प्रधानमन्त्रीको परिक्षण हँुदै

लण्डन, २० वैशाख (रासस÷सिन्ह्वा) ः बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ । दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ । देशभरी रहेका १५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो । सवै परिषद्मा गरेर झण्डै ४४ सय सिट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter