शनिबार, २२ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

प्योङयाङको कार्य प्रगतिको संकेत

सोल, २४ वैशाख (रासस÷सिन्ह्वा) ः दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेर भइरहेका कामकारबाहीहरु सकारात्मक संकेत हुन भनेको छ । यसअघि पनि दक्षिण कोरियाले उक्त घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको अर्थपूर्ण र प्रगतिको बाटो भएको जनाएको थियो । राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू...बाँकी अंश →


गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

इस्लामावाद, २४ वैशाख (रासस÷एएफपी) ः पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उहाँ खतरामुक्त रहनुभएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उहाँमाथि गोली प्रहार भएको थियो । पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षितगरी चलाइएको गोली उहाँको...बाँकी अंश →


अफगानिस्तान अपहरित विदेशी भारतीय इन्जिनियर भएको जानकारी

पुल–ए–खुमरी, अफगानिस्तान, २३ वैशाख (रासस÷एएफपी) ः अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन् । एक अज्ञात बन्दूकधारी समूहले गाडीमा तालीवान विद्रोही नियन्त्रित क्षेत्र पुल–ए–खुमरीको बाहिरी क्षेत्रमा हिडिरहेको अवस्थामा उनीहरूलाई अपहरण गरिएको प्रहरीले...बाँकी अंश →


पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार प्रहार गरी हत्या प्रयास

इस्लामावाद, पाकिस्तान, २३ वैशाख (रासस÷एएफपी) ः पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले भन्नुभयो, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ...बाँकी अंश →


अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

अमेरिका, क्यालिफोर्निया, २४ वैशाख (रासस) ः अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो । नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार...बाँकी अंश →


अफगानिस्तानमा छ विदेशी अपहरित

पुल–ए–खुमरी, अफगानिस्तान, २३ वैशाख (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले छ जना विदेशी र उनीहरूका चालकलाईसमेत अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका छन् । विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले...बाँकी अंश →


काश्मिरमा सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

श्रीनगर, भारत प्रशासित काश्मिर, २३ वैशाख (रासस÷एएफपी) ः भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक प्राध्यापकसहित १० जना मारिएका भारतीय प्रहरीले जनाएको छ । काश्मिर क्षेत्रमा मारिएका एक लडाकूको समर्थनमा हजारौँको संख्यामा निस्केको जुलुसमा सहभागी हुने क्रममा विद्रोही निकट मानिने एक प्राध्यापक,...बाँकी अंश →


लेबनानमा संसदीय निर्वाचनका लागि मतदान सुरु

बेरुत, २३ वैशाख (रासस÷सिन्ह्वा) ः लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ । कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने त्यसमध्ये १११ जना महिला रहेका छन् । सन् २०१३ मै संसदको म्याद सकिएको भएपनि विभिन्न कारणले पटक पटक...बाँकी अंश →


‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

पोखरा, २३ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उहाँले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर...बाँकी अंश →


राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गर्नुभएको थियो ।...बाँकी अंश →


कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

इस्लामावाद, २३ वैशाख (रासस÷सिन्ह्वा) ः पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ ।...बाँकी अंश →


रूसी प्रतिपक्षी नेता नाभाल्नीसहित ३५० पक्राउ

मस्को, रूस, २२ वैशाख (रासस÷एएफपी) ः रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उहाँको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ । रूसी राष्ट्रपतिले आगामी सोमबार चौँथो कार्यकालको लागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter