शनिबार, ०५ जेठ २०८१

राष्ट्रसंघ प्रमुखद्वारा मध्य अफ्रिकामा भएका हिंसात्मक गतिविधिप्रति चासो व्यक्त

२१ बैशाख २०७५, शुक्रबार १०:२८ मा प्रकाशित

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २० वैशाख (रासस÷एएएफपी) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुथे्रसले मध्य अफ्रिकी गणतन्त्रका विभिन्न धार्मिकस्थल (चर्च तथा मस्जीद) लाई लक्षित गरी भएका आक्रमणप्रति चासो व्यक्त गर्दै बिहीबार सम्वद्ध सबैलाई शान्त रहन आग्रह गर्नुभएको छ ।

राष्ट्रसंघ प्रमुखले मङ्गलबार विभिन्न स्थानमा भएका आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको तथा १७० जना घाइते भएको खबरले आफू स्तब्ध बनेको बताउँदै सम्बद्ध सबैसँग हिंसा रोकी मुलुकको शान्ति र स्थायित्वका लागि समन्वय गर्न आग्रह गर्नुभएको गुथ्रेसका सह प्रवक्ता फारहन हकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “महासचिव गुथ्रेसले सम्वद्ध पक्षलाई शान्त रहन आग्रह गर्दै मध्य अफ्रिकाका अधिकारीलाई पटक पटक भएका यस्ता आक्रमणमा सम्लग्न व्यक्ति तथा समूहलाई कानूनी दायरामा ल्याउन अविलम्ब आवश्यक अनुसन्धान थाल्न आग्रह गर्नुभएको छ ।”

मङ्गलबार स्थानीय लडाकू समूहका केही व्यक्तिले सडक अवरुद्ध गरी चर्चको प्रार्थनाको मध्यतिर धर्मगुरु तथा धर्मावलम्बीलाई अन्धाधुन्ध आक्रमण गरेपछि हिंसाले जटील रूप लिएको थियो ।

चर्चको आक्रमणको बदला लिने उद्देश्यले अर्को समूहले मस्जीदमा आगो लगाएको र मुश्लिम धर्ममा विश्वास गर्ने भनिएका दुई जनालाई हत्या गरिएका थियो ।

विश्वमै केही अस्थिर मुलुकमध्ये एक मानिने मध्य अफ्रिकामा भएको उक्त घटनाले कतै फेरि उक्त मुलुकलाई पृथकतावादी द्वन्द्वतर्फ धकेल्ने त होइन भन्ने खतरा उब्जाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter