शनिबार, ०५ जेठ २०८१

भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

२१ बैशाख २०७५, शुक्रबार १५:३५ मा प्रकाशित

आग्रा, भारत २१ वैशाख (रासस÷एएफपी) ः उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ ।
बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो ।

भीषण रुपमा आएको हावाहुरीको कारण ढलेको रुख र पर्खालको कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो ।
उत्तर प्रदेश, राजस्थान र पञ्जवा राज्यमा भीषण आँधी आएको हो । यो आँधी २५ वर्षयताको सबैभन्दा भीषण रुपमा रहेको अधिकारीहरुको भनाई छ ।
यस आँधीबाट उत्तर प्रदेशमा १२१, राजस्थानमा २१ र पञ्जावमा प्रान्तमा एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यसमा परी अरु सयौँ व्यक्ति घाइते भएका छन् । घाइते तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter