शनिबार, ०५ जेठ २०८१

पाकिस्तानी निर्वाचन एलियनद्वारा गराइने छ ः प्रधानमन्त्री अब्बासी

२२ बैशाख २०७५, शनिबार २०:३९ मा प्रकाशित

इस्लामावाद, पाकिस्तान, २२ वैशाख (रासस÷पिटीआई) ः पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताउनुभएको छ ।

पाकिस्तानी डन न्यूजले प्रधानमन्त्री अब्बासीको शब्दलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानको निर्वाचन आयोगले प्रधानमन्त्रीलाई ‘गैरजिम्मेवार भनाइहरू’ नदिन कडा दवाव दिएपछि प्रधानमन्त्रीले निर्वाचन ‘एलियन’ ले गराउने बताउनुभएको छ ।”

पाकिस्तानी निर्वाचन प्रक्रियालाई लिएर पाकिस्तानी अधिकारीबाट ‘एन्जेल’ र ‘अदृश्य शक्ति’ ले निर्वाचन गराउने भन्ने भनाइहरू यस अघि आएका भए पनि ‘एलियन’ द्वारा गराउने भन्ने भनाई नयाँ भएको डनले जनाएको छ ।

प्रधानमन्त्रीबाट आएको भनाइले निर्वाचन पारदर्शी नहुने सङ्केत सरकारले महशुस गरेको बुझ्न सकिन्छ ।

अब्बासीको ‘एलियनले निर्वाचन गर्दैछन्’ भन्ने भनाई भ्रष्टाचार आरोपपछि प्रधानमन्त्री रहन अयोग्य घोषणा गरिएका पूर्व प्रधानमन्त्री नवाज सरीफले दुई दिन पहिले व्यक्त गरेको भनाईसँग मिल्दोजुल्दो देखिएको छ ।

अब्बसीले भन्नुभयो, “हाम्रो प्रतिस्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरीक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुँदैछ ।”

“निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ तर पनि पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागीता जनाउने छ,” प्रधानमन्त्री अब्बासीले प्रतिनिधि सभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताउनुभयो ।

यसैबीच पाकिस्तानको निर्वाचन आयोगका प्रवक्ता अल्ताफ खानले भने निर्वाचन आयोगलाई दिइएको आदेश अनुसार संविधानको धारा २१८ अन्तर्गत रहेको निर्वाचन ऐन २०१७ ले निर्दिष्ट कानून अनुसार गराइने बताउनुभयो ।

उहाँले निर्वाचन आयोग आफ्ना कानूनी तथा संवैधानिक कर्तब्य पूरा गर्न पूर्णतया स्वतन्त्र रहेको बताउनुभयो ।

तर तेहरीक–आई–इन्साफका अध्यक्ष खानले भने सरकारको मर्यादित पदमा रहेको व्यक्तिले यस किसिमको गैरजिम्मेवार भनाई राख्नु नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “सत्ताधारी दलबाट आएका यस्ता अफबाहले संविधानलाई खतरामा पार्न सक्छन् ।”
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter